Close This

मासु किन हाम्रो शरीरमैत्री खान्की होइन ? बुझ्नैपर्ने १० कारण

मंगलबार जेठ १५, २०७५/ Tuesday 05-29-18
Paschim Today

मासु किन खाने ? यसको तात्तातो जवाफ हो, स्वादको लागि । हामी अधिकांशले मासु खाने भनेकै जिब्रोको लागि हो । जब पाहुना आउँछन्, जब चाडपर्व आउँछ, हामी मिठो–मसिनो परिकार खोज्छौं । र, मिठो–मसिनो परिकारमा नम्बर एकमा आउने खान्की हो, मासु । घरमा स्वाद फेर्न प¥यो भने पनि हामी मासुको परिकार खोज्छौं । कतिपय त मासु बिना खाना नै  खाँदैनन् । मासु किन खाने ? यसको अर्को पनि जवाफ छ, स्वास्थ्यका लागि । अर्थात शरीरलाई आवश्यक पौष्टिक तत्वमध्ये कति मासुबाट नै प्राप्त हुन्छ । सन्तुलित आहारमा मासु पनि सामेल गरिन्छ । तर, अर्को तथ्य के पनि भने, मासुजन्य परिकारबाट जुन पौष्टिक तत्व प्राप्त हुन्छ, त्यो अन्य खाद्यपदार्थबाट पाउन सकिन्छ । त्यसैले मासु निर्विकल्प खाद्य स्रोत भने होइन ।
हाम्रो मासु किन विष जस्तै ?
विश्व समुदायमा अधिकांशले मासु खान्छन् । तर, अरुले खाने मासु र हामीले खाने मासु उस्तै छैन । हामी कुखुरा, खसी, राँगा–भैंसी, सँुगुर, भेडा आदिको मासु खान्छौं । पहिलो कुरा त यी पशुपंक्षीहरु स्वस्थ्य एवं तन्दुरुस्त हुन आवश्यक छ । तन्दुरुस्त, निरोगी पशुपंक्षी भएर मात्र पनि पुग्दैन । त्यसलाई उचित ढंगले बध गर्नुपर्छ । अर्थात कुनैपनि जीवजन्तु मासुको लागि काट्ने, मार्ने प्रक्रिया नै हामीले गलत ढंगले गरिरहेका छौं । हामीले जीवजन्तुलाई हिर्काएर, काटेर, घोचेर तड्पाई(तड्पाई मार्छौं । यसरी पशुपंक्षीको हत्या गर्दाको अवस्थामै त्यसको मासु विषाक्त भइसक्छ । जब पशुपंक्षीको हत्या गर्छौं, तब त्यसलाई राम्ररी भण्डारण गर्दैनौं । हामीकहाँ फ्रोजन गरिएको मासु खाने प्रचलन त्यती छैन । पशुपंक्षी काटेर, मारेर त्यसलाई सही ढंगले भण्डारण गरिदैन । यस क्रममा मासुमा ब्याक्टेरिया पैदा हुन्छ । कुहिने प्रक्रियामा जान्छ । एक हिसाबले भन्ने हो भने, त्यो सिनो जस्तै हुनपुग्छ । अब त्यसलाई पकाउने क्रममा पनि हामी त्रुटी गर्छौं । भएभरको तेल, मरमसला हालेर, चर्को आगोमा पकाउँछौं । मासु काट्ने, भण्डारण गर्ने र पकाउने क्रममा त्यसमा रहेको पोषक तत्व नष्ट भइसकेको हुन्छ । अब त्यही मासु खान पुग्छौं । यस्तो मासुमा पोषक तत्व हुने त कुरै भएन । बरु, त्यो कलेजोको भार बन्छ । यस्ता मासुको सेवनले कलेजो, मिर्गौंला, मुटु जस्ता अंगलाई नराम्रो असर पर्छ । उच्च रक्तचाप, मोटोपन जस्ता रोगको समेत सिकार बन्नुपर्ने हुन्छ ।
मासु छाडौं ः तपाई स्वस्थ जीवन चाहनुहुन्छ, निरोगी, तन्दुरुस्त हुन चाहनुहुन्छ भने मासु त्याग्नु नै सर्बोत्तम हुन्छ । जिब्रको लोभमा फँसेर शरीरलाई दुनियाभरको रोगको घर बनाउनुभन्दा मासुजन्य पदार्थ त्याग्नु नै राम्रो हुन्छ । मासु त्याग्नु ठूलो कुरा होइन । त्यसका लागि एउटै कुरा त्यागे हुन्छ, स्वादको लोभ । मासुको बदला सागपात सेवन गरौं । फलफूल, गेडागुडी सेवन गरौं । यस्ता खानेकुराले तपाईको स्वास्थ्य राम्रो हुने मात्र होइन, अनावश्यक खर्च पनि कटौती हुन्छ ।मासु किन छाड्ने ? त्यसका अरुपनि कारण छन् ।
गरिबलाई मद्दत गरौं 
एक अध्ययन अनुसार वर्षमा १०० मिलियन टन अन्न बायोइन्धन बनाउनको लागि प्रयोग हुन्छ । तर, त्यसको सात गुणाभन्दा बढी ७६० मिलियन टन अन्न फार्ममा पालिएका जनावरहरुलाई ख्वाउनका लागि प्रयोग हुन्छ । आज पनि संसारमा धेरै मानिसहरु खाना नपाएर मरिरहेको तपाईले सुन्नु नै भएको होला । तपाईले मासु खान छोड्ने हो भने गरिब मानिसहरुले खाना खान पाउँछन् । जीवजनावरहरु माथि क्रुर नबनौं ः हामी निरिह प्राणीमाथि साह्रै क्रुर र हिंस्रक छौं । हामी उनीहरुका निम्ति हिटलर भन्दा कम छैनौं । यमराज भन्दा कम छैनौं । एकबारको जुनीमा किन यति क्रुर भएर बाँच्ने ? मासुको लागि ठूलाठूला फार्ममा जनावरलाई अत्यान्तै क्रुर ढंगले पालिन्छ । र, मासुखान योग्य भएपछि उत्तिनै क्रुरतापूर्वक  बध गरिन्छ । यी जनावरहरुले कहिल्यै पनि आफ्नो परिवार हुर्काउन, प्राकृतिक वासस्थान मा बस्न, गुँड बनाउन र अन्य प्राकृतिक कुराहरु गर्न पाउँदैनन्  ।