Close This

बच्चाको छातीमा घ्यारघ्यार हुन्छ ? सर्तक रहनुहोस्

शुक्रबार असार २९, २०७५/ Friday 07-13-18
Paschim Today

चिसो मौसममा बच्चालाई रुघाखोकी, कफ जम्ने समस्या हुन्छ । त्यही कारण हामी सकेसम्म उनीहरुलाई न्यानो कपडा लगाइदिन्छौं । अहिले गर्मीको मौसम छ । तर, यतिबेला पनि बच्चाहरुको कफ जम्ने, रुघाखोकी लाग्ने समस्या हुन्छ । उनीहरुको छाती घ्यारघ्यार हुनेगर्छ । गर्मीमा धेरैजसो पसिनाले यस्तो समस्या हुनेगर्छ ।
के हुन्छ असर ?
सामान्यतया श्वास नलीमा समस्या भएमा छाती घ्यार घ्यार हुने गर्छ । स्वास नलीमा तब समस्या हुन्छ, जब सास नलीमा संक्रमण हुने गर्दछ । र, यो संक्रमणलाई नै स्वास प्रस्वास सम्बन्धि संक्रमण भन्ने गरिन्छ ।विशेषगरी, सास नलीको संक्रमण हुने समस्याबाट प्राय नवजात शिशु तथा कम उमेरका बालबालिका ग्रसित हुने गर्दछन् । सास नलीमा संक्रमण भएमा सास नलीको माथिल्लो भागमा समस्या उत्पन्न हुन्छ । र, नाक, मुख तथा घाँटीमा संक्रमणको प्रभाव देखिने गर्छ । स्वास प्रस्वास सम्बन्धि समस्या आफैमा जटिल समस्या हो । किनकी यसकै कारण कयौ पटक बच्चाहरुले राम्ररी सास लिन सक्दैनन् । र, सास लिन नसकेको कारण बच्चाहरुको स्वास्थ्य विग्रने गर्छ । कहिलेकाही राम्ररी सास लिन नसकेकै कारण उनीहरुको मृत्यु समेत हुनसक्छ । त्यसैले, यो समस्याबारे बेलामै सचेत हुन आवश्यक छ ।
कसरी थाहा पाउने ?
बच्चाहरुले स्वास फर्दा निस्कने आवाजलाई ध्यानमा राखेर पनि उनीहरुमा स्वास प्रस्वास सम्बन्धि समस्या भए, नभएको पत्ता लगाउन सकिन्छ । विशेषगरी, सास लिने क्रममा बच्चाको छातीमा सिठी बजेजस्तो आवाज आएमा मात्र पनि थाहा पाउन सकिन्छ की उसलाई सास लिनमा समस्या भएको छ । यदी बच्चाको स्वास नलीमा समस्या भएमा वा अवरोध भएमा बच्चाको नाकलाई राम्ररी सफा गरेर उक्त अवरोध हटाउन सकिन्छ ।
सास रोकिने ः सास नलीमा कफ जम्मा भएमा बच्चाले सास फेर्दा छाती घ्यारघ्यार हुने गर्दछ । त्यस्तै, बच्चाहरुलाई स्यास्या हुने गर्दछ । कयौको नाकबाट बाक्लो सिगान समेत बग्ने गर्छ । यस्तो समस्या भएमा बच्चाहरु बेजोडले रुने गर्दछन् । तर कतिपय अभिभावकहरुलाई बच्चा किन बेस्सरी रोयो भन्ने समेत ज्ञान हुँदैन । त्यसैले, यस्ता समस्या भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्दछ । सास लिदाँ आवाज आउने , छाती घ्यारघ्यार हुने बच्चालाई सास लिदाँ समस्या भएमा छातीबाट घ्यारघ्यार आउने आउने गर्दछ । र, छातीमा घ्यारघ्यार हुनु भनेकै छातीमा समस्या हुनु तथा सास लिनमा समस्या हुनु भएकोले तुरुन्तै चिकित्सकसित परार्मश लिन जरुरी छ ।
कफ जम्ने ः बच्चाको छातीमा कफ जम्मा भएमा बच्चालाई रुघाखोकीको समस्या हुने गर्दछ । र, बच्चाहरुमा हाछिउको समस्या हुने गर्दछ । त्यसैले, यस्ता समस्या आउन नदिन बच्चालाई चिसो लाग्नासाथ डाक्टरलाई देखाउन जरुरी छ ।