Close This

सुदूरपश्चिमेली नेपाल समाज कतारको तेस्रो वार्षिकोत्सव र गौरा बिशेष कार्यक्रम सम्पन्न

शनिबार असोज ६, २०७५/ Saturday 09-22-18
Paschim Today

 

दोहा,कतार, ६ असोज ।
सुदूरपश्चिमेली नेपाली समाज कतारको तेस्रो वार्षिकोत्सव तथा गौरा विशेष कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
वार्षिकोत्सव तथा गौरा विशेष कार्यक्रमको एक समारोहकाबीच प्रमुख अतिथि कतारका राजदुत रमेश प्रसाद कोईरालाको दीप प्रज्वलन गरी उद्घाटन गरे ।
समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि राजदुत कोईरालाले सुदूरपश्चिमवासी तथा नेपालीहरुको हकहीत र सहयोगका साथै छाउपडी प्रथा अन्त्यका लागि कार्य गरिरहेकोमा प्रशंसा गरे ।
सुदूरपश्चिमेली नेपाली समाज कतारकाका अध्यक्ष जयराज बिष्टको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव तथा गौरा बिशेष कार्यक्रममा कतारस्थित नेपाली दुतावासका प्रथम सचिव गायत्री पौडेल, सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धन बहादुर बलायर, महासचिव अमृत शाही, कतार समाजका संरक्षक नरेन्द्र भाट, एनआरएन आईसीसी लेवलका टिबि कार्की, कमलमणी गुरागाई, बिमल सुवेदी, बिनोद भट्टराई, कुमार कार्की, एनआरएन कतारका तेज कटुवाल लगायतको अतिथिको सहभागिता रहेको थियो ।
कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज कतारका सल्लाहकार महेश जोशी, प्रकाश मिश्र, सुरेन्द्र चन्द, लक्ष्मी भट्ट, बिष्णु पाल, उद्धव सिंह, दिनेश कुँवर, महिला सल्लाहकार सरिता भट्ट, प्रदेशिय सामाजिक संस्था क्षेत्र नम्बर १ का चुडामणी कार्की,३ का समिर केसी, ४का आश बहादुर गुरुङ, ५ का ठाकुर परियार, बैचारिक संस्थाका रकम ध्वज राई, केशव भुषाल, हुसेन खान,चानक पोखरेल, अन्तर्राष्ट्रिय मुस्लिम समाजका मोहम्मद मुक्तादा मुस्लिम अतिथि रहेका थिए ।
कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष प्रेम चलाउनेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सुदूरपश्चिमेलीहरुको बिशेष पर्वका गौराका बारेमा समाजका प्रथम उपाध्यक्ष परमानन्द भट्टले जानकारी दिए ।
कार्यक्रममा अतिथि वक्ताहरुले सुदूरपश्चिममा छाउपडी प्रथा अन्त्यका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न थालेकोमा प्रशंसा गर्दै समाजले चालेका हरेक कदममा साथ दिने प्रतिवद्धता गरे । 
कार्यक्रमका अतिथि एनआरएन आईसीसीका टिबि कार्की,कमलमणी गुरागाई, चानक पौडेल, हुसेन खानm रकमध्वज राई, शंकर न्यौपाने, तेज कटुवालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धन बहादुर बलायरले कामको सिलसिलामा प्रवासमा रहेपनि आफ्नो देश र प्रदेशको विकासका लागि आफूहरु सधै सक्रिय रहने बताए । उनले मातृभूमिको विकास,छाउपडी लगायतका कुप्रथाको अन्त्यका लागि नविनतम कार्यक्रम सञ्चालन गर्ने बताए ।
समितिका महासचिव अमृत शाहीले प्रवासमा पनि आफ्नो संस्कृतिको जगेर्ना र सुदूरपश्चिमेलीहरुको हकहीत र सहयोगका लागि आफूहरु सक्रिय रहेको बताए ।
कार्यक्रममा सुदूरपश्चिमका चर्चित गायक भोजराज भट्ट, रेखा जोशी, पुष्पा बोहराले सुदूरपश्चिमेली डेउडा गाएर सहभागीहरुले मन्त्रमुग्ध पारेका थिए । कार्यक्रममा कलाकार दीपक बमले  आफ्नो प्रस्तुतीबाट सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
महासचिव मनिष बटाला र सचिवालय सदस्य गणेश तिरुवाले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।
कार्यक्रममा करीव पाँच सयको हाराहारीमा सुदूरपश्चिमेलीहरुको सहभागिता रहेको थियो ।