Close This

थारु समुदायमा सखिया : कतै सुनसान, कतै उल्लास

सोमबार असोज २९, २०७५/ Monday 10-15-18
Paschim Today

निर्मला खडायत,

धनगढी, २९ असोज केहि वर्ष अघिसम्म पनि दशै सुरु हुनुअघि नै थारु बस्तीमा सखिया नाचको रौनक सुरु हुन्थ्यो उनीहरु गाउँभरिका मानिसहरु एक भएर सखिया नाचको तयारी गर्न थाल्थे, थारुको अटवारी पर्वको दोस्रो दिनदेखि तिहारसम्म सखिया नाच गरेर रमाइलो गर्थे

 

दिनभरी खेतबारीमा काम गरेर बेलुकी सखियाको रमाइलोले उनीहरु आफ्नो थकाइ मार्थे बेलुकाको खाना खाइसकेपछि फुर्सदको समय सदुपयोग गरी नाच्ने युवतीहरू, मादल बजाउने युवा हेर्न जानेहरूले गर्दा बस्ती नै उल्लासमय हुन्थ्यो तर हिजोआज थारु बस्तीमा सखिया नाचको धुन बिरलै सुन्न पाइन्छ ’, धनगढी उपमहानगरपालिका पटेलाकी पार्वती चौधरीले भनिन्–‘नाचको शुरूआत गर्नुपूर्व गुरुवाको आदेश अनुसार विशेष किसिमको पूजा हुन्छः दुष्टात्माको भवितव्यबाट बचाउन गुरुवाले गाउँको देवताको पूजा गरेपछि सखिया नाच सुरु हुन्छ

 

सखिया नाचमा युवतीहरू सामूहिक रूपमा नाच्ने पुरुषहरूले मादल बजाउने गर्छन थारु समुदायमा यसले आफ्नै ऐतिहासिक विशेषता बोकेको  उनले भनिन्–‘यो नाचमा भगवान श्रीकृष्णको लीलामा आधारित गीत गाएर शास्त्रीय नृत्य हुने गर्दछ

थारु संस्कृतिको फरक पहिचान बोकेको सखिया नाच अहिले भने हराउँदै जान थालेको भन्दै थारु बुद्धिजिविहरुले चिन्ता व्यक्त गरेका छन पटेला गाउँका भलमन्सा सुनिता चौधरीलेबस्तीमा अहिले मादल बजाउने गीत गाउन जान्ने मान्छेको कमी हुन थालेको भनिन्

 

केहि युवा पुस्ता पढाईको सिलसिलामा घर बाहिर भएका कारण केहि युवा पैसा कमाउन देश बिदेश गएका कारण पनि अहिले थारु बस्तीमा सखियाको धुन सुन्न नपाइएको हो

गाउँमा भएका युवा पुस्ता पनि सखिया नाचको महत्व बारे अनभिज्ञ देखिन्छन सोही गाउँका युवा उमेश चौधरीले भने–‘साँझ आमा दिदीहरु सखिया नाच गर्दै गीत गाउँछन, यो बारे खासै थाहा नभएपनि हेर्न जाने गर्छु

 

धेरै युवा सखिया नाचबारे अनभिज्ञ भैरहँदा केहि युवा भने सखिया नाच हेर्न शहरबाट गाउँ फर्किने गरेका छन २३ वर्षीया जिविका चौधरीले भनिन्–‘सरकारले पनि हामीहरुलाई संस्कृति जोगाउन सहयोग गरेको उनले भनिन्, ‘ दशैका बेला हरेक वर्ष सखिया नाच हेर्न नाच्न गाउँ फर्किन्छु दशैका बेला मात्रै होईन विभिन्न महोत्सवहरुमा पनि आफूले साथीहरुलाई जम्मा गरेर सखिया नाच प्रस्तुत गर्ने गरेको बताउँछिन्  

दशै तिहारमा खेलिने थारु हरुको सखिया नाच अहिले लोप हुँदै गएको पहिले दशै सुरु हुनु भन्दा केहि दिन अघि देखि सुरु हुने यो नाच एक महिनासम्म हुने गथ्र्यो   गाउँका गुरुवा धर्म बहादुर चौधरीले निराश हुँदै भने–‘सखिया नाच अहिले हराउँदै जान थालेको , नयाँ पुस्ताले आफ्नो संस्कृति बिर्सदै जान थालेका छन उनले हर्षित हुँदै भने–‘माघमा नाचिने मघौटा नाच दशैका बेला नाचिने सखिया नाच हामी थारुहरुको चर्चित निकै रमाइलो नाच हुन ’  उनले आफ्नै भाषामा निराश भएर भने–‘आजकाल पहिलेक जैसिन नाच नै हो

पहिले अटवारीको व्रत बारिसकेपछि लगत्तै सखिया नाच सुरु हुन्थ्योसञ्चराम चौधरीले भने–‘हामीहरु आफ्नो संस्कृति रहिरहोस भन्न चाहन्छौ तर यो बिस्तारै लोप हुदै गइरहेको

 

सखिया गीतमा कृष्ण लीलाको आरम्भबाट अन्त्यसम्म गाउने गरिन्छ, धनगढी उपमहानगरपालिका की जोधौनी चौधरीले न्यास्रो मानेझै भनिन्–‘खोई किन यो वर्ष हाम्रो गाउँका भलमन्साले नै सखिया नाच खेल्न मान्नुभएन

धनगढी उपमहानगरपालिका कै लक्ष्मी चौधरीले जोधौनी चौधरीकै कुरामा थप्दै भनिन्–‘अहिले ठेट सखिया नाच पूर्ण रुपमा हराउन थालेको उनले भनिन्पहिलेको मान्यता अनुसार आधा कृष्ण लीला गायो भने नराम्रो हुन्छ भन्ने मान्याता थियो उनले खिन्नता प्रकट गर्दै कुरा अघि बढाइन्–‘तर हिजो आज कसैले पनि पुरा कृष्ण लीला गाउदैनन

पहिले हामी सखियामा पुरा कृष्ण लिला गाउन नभ्याए मनमनै गुनगुनाएर पनि त्यो पुरा गर्थ्यौ तर अहिले रमाईलोको लागि थोरै थोरै गाउने गर्छनउनले भनिन्  

 

कतिपय युवा पुस्ता अहिले सखिया नाच बिर्सेर डिजे डान्समा रमाउने गरेका छन जसका कारण अहिले थारु जातीका युवाहरुमा पनि डिजे प्रतिको आकर्षण बढ्दै गएको पाईन्छ यो परिपाटीले परम्परागत नाचमा धक्का पुग्ने खतरा रहेको सबैको लोकप्रिय सखिया नाचले थारु समुदायको मौलिक पहिचान बोक्ने भएकोले यसलाई निरन्तर दिई जीवन्त राख्नुपर्नेमा थारु बुद्धिजीवीहरूको जोड

थारु सघन बस्ती रहेको केहि गाउँ भने सखियाको मादलले गुञ्जायमान बनेको दसैं सुरुवात भएसंगै उनीहरु साँझपख सखिया नाचेर रमाउन थालेका छन्