Close This

प्रजातान्त्रिक विचार समाज गठन

सोमबार असोज २९, २०७५/ Monday 10-15-18
Paschim Today

धनगढी, २९ असोज प्रजातान्त्रिक विचारधारा बोक्ने प्राध्यापक, नागरिक समाज पत्रकारहरुको भेलाले आइतबार प्रजातान्त्रिक विचार समाज कैलाली तदर्थ समिति गठन गरेको

कैलाली बहुमुखी क्याम्पसका सहप्रध्यापक जगन्नाथ जोशीको सभापतित्व, प्रदेश सभा सदस्य डिल्लीराज पन्तको प्रमुख आतिथ्य, नेपाली काँग्रेस कैलालीका सचिव पुर्ण कुँवर कैलाली बहुमुखी क्याम्पसका पूर्वप्रमुख सुरेन्द्र चन्दको विशिष्ट आतिथ्यमा भएको भेलाले  १५ सदस्यीय तदर्थ कार्यसमिति चयन गरेको हो

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा बेदप्रशाद जोशी, उपाध्यक्षमा दिनेशराज जोशी, सचिवमा ओमप्रकाश पाण्डेय, सहसचिवमा कृष्णबहादुर बोहरा, कोषाध्यक्षमा मेघा भट्ट चयन भएका छन् यसैगरी सदस्यहरुमा दाताराम जोशी, हरिशंकर जोशी, टोपराज ढुंगाना, तेजबहादुर सिंह, उमाकान्त जोशी, सुर्यप्रकाश जोशी, सुरत रावत, हरिप्रसाद उपाध्याय, टेकेन्द्र देउवा ईश्वर जोशी रहेका छन्

यसैगरी भेलाले सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको सल्लाहकार समितिको संयोजकमा सुरेन्द्र चन्द रहेका छन् समितिको सदस्यहरुमा पदमसिंह कुँवर, लक्ष्मणदत्त भट्ट, डा. टिएन जोशी, प्रेमराज भण्डारी डा. गणेशबहादुर सिंह रहेका छन्