Close This

मोडलिङमा जम्दै सागर 

सोमबार असोज २९, २०७५/ Monday 10-15-18
Paschim Today


धनगढी,२९ असोज ।
व्यवसायमा जमेका दङ्गाली युवा सागर भण्डारी छोटो समयमै मोडलिङ क्षेत्रमा पनि जमेका छन् । 
हालै रिलिज भएको मेरो घरको आगनीमा बोलको गीतको म्युजिक भिडियोमा सागर नायकको भूमिकामा देखा परेका छन् । उनलाई मोडेल सम्पदा बानियाले साथ दिएकी छन् ।


रमेश गिरीको स्वर तथा संगीत रहेको मेरो घरको आगनीमा बोलको गीतको म्युजिक भिडियोको गीत र भिडियोको निर्देशन बिशाल नेपालीले गरेका छन् ।
रिलिज भएको केही समयमै राम्रो प्रतिक्रिया पाएपछि सागर निकै उत्साही भएका छन् । भन्छन्, राम्रो प्रतिक्रिया पाएको छु । यसले मलाई मोडलिङ क्षेत्रमा लाग्न थप उर्जा दिएको छ ।
सागर दाङमा जन्मे । हुर्किए । अध्ययनसंगसंगै उनलाई रेडियो तर्फ आकर्षित भए । रेडियोमा कार्यक्रम प्रस्तोता भए । उनले केही समय दाङ देउखरीको रेडियो नयाँ युगमा कार्यक्रम प्रस्तोता भएर काम गरे । रेडियो मध्यपश्चिममा पनि उनले आफ्नो क्षमता देखाए । 
विस्तारै गीतसंगीतको नशाले उनलाई संगीत क्षेत्रमा डो¥यायो । उनी गायनमा जुटे । तर व्यवसायीक व्यस्तताले केही समय गीतसंगीतमा ओझेल भए । तर उनको मनले कहाँ मान्थ्यो । उनी फेरि आफ्नो रुचिको क्षेत्र गायन र मोडलिङमा प्रबेश गरे । व्यापारको सिलसिलामा दाङबाट नेपालगञ्ज हुदै धनगढी पुगे । तर उनको रुचि र नशा भने बेग्लै थियो । त्यसैले उनी गायन र मोडलिङबाट टाढा हुन सकेनन ।
यसअघि पाँच वटा भिडियो गीतमा आवाज दिईसकेका सागर मेरो घरको आगनीको बोलको गीतको म्युजिक भिडियोको अभिनयबाट सकारात्मक प्रतिक्रियापछि निकै उत्साही भएका छन् ।