Close This

सुदूरपश्चिममा प्रहरीको सेटिङमा तस्करी

घुमुवादेखि हाकिम सम्मले तस्करबाट मासिक रुपमा रकम लिने गरेको खुलासा

सोमबार कार्तिक २६, २०७५/ Monday 11-12-18
Paschim Today

धनगढी, २५ कार्तिक ।

सुदूरपश्चिम प्रदेशमा प्रहरीको मिलेमतोमा र संरक्षणमा चोरी तस्करी हुने गरेको सप्रमाण खुलासा भएको छ ।
पश्चिम टुडेलाई प्राप्त प्रहरी र तस्करीबीचको अडियो संवादबाट प्रहरीको मिलेमतो र संरक्षणमा तस्करी हुने गरेको खुलासा भएको हो ।
जिल्ला प्रहरी, अञ्चल प्रहरी र प्रादेशिक प्रहरी कार्यालयका घुमुवाहरुले तस्करसंग सेटिङ मिलाएर आफ्ना हाकिमहरुलाई मासिक रुपमा रकम दिलाउने गरेको पनि खुलासा भएको छ ।
अञ्चल प्रहरी कार्यालयका हवल्दार ज्ञानेन्द्र बोहरा र तस्करीमा संलग्न सावर्ण गुप्ताको अडियो संवादबाट जिल्ला प्रहरी प्रमुख, प्रहरी बरिष्ठ अधिकृत र प्रहरी नायव महानिरिक्षकले मासिक रुपमा तस्करबाट रकम पाउने गरेको समेत खुलासा भएको छ ।
मासिक रुपमा तस्करबाट पैसा लिने गरेका कारण ती तस्करहरुको सामान पक्राउ नगर्ने गरेको पाईएको छ ।
तस्कर र संघीय प्रहरी ईकाईमा कार्यरत हवल्दार बोहराबीच तस्करी गर्न छुट दिए वाफत हरेक महिना पैसा बुझाउन संघीय प्रहरी ईकाईको कार्यालय बाहिर आउने सहमती भएको छ ।
बोहराले एसएसपी हरी वाग्लेलाई भने भेट्न नसकिने बताउदा तस्कर भने सशस्त्रको डिएसपीलाई भेटेर नै पैसा दिने गरेको बताउन चुकेनन ।
डिएसपी हो र एसएसपी ? कानभरी फुली हुन्छन, एसएसपीको ? हवल्दार बोहरा अगाडि भन्छन्, भेट्न नै चाहने भए भेटाईदिऊला ।
उनीहरुकाबीचमा रकमको मोलमोलाईमा समेत बिबाद भएको देखिन्छ । आरआईटीलाई २० हजार मासिक दिने अनि एसएसपीलाई १० हजार ? यस्तो कहाँ हुन्छ? बोहराले रकममा बृद्धि गर्न दवाव दिदा गुप्ता भन्छन्, आरआईटीलाई पनि मासिक १० हजार नै दिने गरेको छु ।
उनले पहिले एसएसपीलाई मासिक ६ हजार र धन बहादुरलाई २ हजार रुपैया दिने गरेको समेत खुलाएका छन् । गुप्ताले संवादमा भनेका छन्, अञ्चलमा महरा सई साप थिए, महिना पुरा हुने बित्तिकै उनलाई पैसा दिन्थे ।
तस्कर गुप्ताले प्रहरी हवल्दारसंग भएको संवादका क्रममा हालसम्म महिनावारी रकम बुझाउने सबै प्रहरीको नाम खुलासा गरेका छन् ।
संघीय प्रहरी ईकाईको टोलीले गुप्ताको सामान समातेपछि उनीहरुबीच भएको संवाद देखिन्छ । 
तस्कर गुप्तासंग भएको संवादमा बोहरा कति खेर केही नरम देख्निछन । त कतिखेर चेतावनीको पारामा भन्छन्, काम गर्ने भए काम गर । ल्याङ ल्याङ नगर । ल्याङ ल्याङ ग¥यो भने सबै सामान समातिदिन्छौ ।
बोहराले गुप्तासंगको संवादमा सबै हाकिमको निर्देशन अनुसार काम हुने समेत बताएका छन्  ।
उनले संवादका क्रममा भनेका छन्, यो कुरा बाहिर लिक नहोस । बाहिर लिक भयो भने ठिक हुदैन ।
बोहरा र गुप्ताबीच भएको संवादका अनुसार बिगतमा सक्रिय रहेको क्षेत्रीय अनुसन्धान व्युरोका हरेक सदस्यहरुले समेत तस्करसंग पैसा लिने गरेको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली, संघीय प्रहरी ईकाई र प्रादेशिक प्रहरी कार्यालयको हाकिमद्धारा खटाईएका घुमुवाहरुलेनै हाकिम र तस्करकाबीचमा पुलको काम गर्ने गरेको पाईएको छ ।
बालाजी हार्डवेयर, हरीओम हार्डवेयर, बालाजी भाडा बर्तन, प्रिति टे«डिङ कम्पनी लगायतका व्यापारीका लागि सावर्ण गुप्ताको टीमले भारतबाट सामानहरु धनगढी ल्याउने गरेको स्रोतले बतायो ।
घरायसी सामान ल्याउने सर्वसाधारणहरुलाई सीमामा कडाई गर्ने, उनीहरुका झोला खानतलासी गर्ने सुरक्षाकर्मीहरु तस्करीमा संलग्न व्यक्तिहरुका गाडी समेत चेक गर्दैनन ।
मासिक १० हजार रुपैया दिएका कारण तस्करहरुले जस्तो सुकै सामान जति सुकै परिमाणमा ल्याउदा पनि छुट पाउने गरेका छन् ।
पहिले क्षेत्रीय प्रहरी कार्यालयको मातहतमा रहेको क्षेत्रीय अनुसन्धान व्युरो(आरआईटी)ले क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक(डिआईजी)का लागि तस्करहरुबाट पैसा उठाउने गरेको समेत खुलासा भएको छ ।
बोहरासंग भएको संवादका क्रममा गुप्ताले आरईआईटीका पदम थापा, केशव जोशी, असई गजेन्द्र चन्द, श्याम भट्ट, धन बहादुर महरा, केशव भट्ट, कामदेव भण्डारी लगायतलाई पैसा दिएको बताएका छन् । उनीहरुले तस्करहरुबाट मासिक रुपमा रकम उठाएर आफ्ना हाकिमलाई बुझाउने गरेको खुलेको छ ।
उनीहरु मध्ये अधिकांश सरुवा भएर अन्यत्र गईसकेका छन् । तर तस्करीमा संलग्न व्यक्तिलाई उनीहरु सरुवा भएको ठाउको जानकारी मात्र छैन, उनीहरुसंग सम्पर्क भईरहेको पनि अडियो संवादबाट खुलेको छ ।
तस्करीमा संलग्नहरुलाई सहयोग गर्नेमा प्रादेशिक प्रहरी कार्यालय मात्र छैन, जिल्ला प्रहरी, संघीय प्रहरी ईकाई र ती मातहतका वडा प्रहरी, भन्सार र सीमामा रहेका प्रहरी युनिटहरु समेत रहेको खुलासा भएको छ ।

तस्करलाई संरक्षण गर्ने प्रहरीमाथि कारबाही हुन्छ–भट्ट

निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले प्रहरीको मिलेमतो र संरक्षणमा तस्करी भईरहेको समाचार सार्वजनिक भएपछि सो विषयमा छलफल भएको र त्यस्ता कार्यमा संलग्न प्रहरीहरुलाई कारबाही गर्न प्रहरी प्रमुखले प्रतिबद्धता व्यक्त गरेको बताए ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले प्रहरी र तस्करबीच साठगाँठ हुनै नसक्ने बताए  ।
प्रहरी र तस्करबीच साठगाँठ भयो भने सबैकुरा सकिने प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।
प्रहरी उपरीक्षकक तिम्सिनाले जुवातास खेलाउने र तस्करहरुलाई संरक्षण गर्ने प्रहरीहरु मध्ये आफ्नो दर्जाले जागीर खाने सकिनेहरुको जागीर ४८ घण्टाभित्र खाईदिने प्रतिबद्धता गरे ।
यसैगरी आज जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको सुरक्षा समितिको बैठकमा तस्करलाई संरक्षण गर्ने प्रहरीहरुलाई पक्राउ गरेर मुद्दा चलाउने प्रहरी उपरीक्षक तिम्सिनाले प्रतिबद्धता गरे  ।