Close This

साईपाल हिमालमाथि मिसन साईपाल टिमको सफल आरोहण

सोमबार कार्तिक २६, २०७५/ Monday 11-12-18
Paschim Today


बझाङ,२६ कार्तिक ।
मिसन साईपाल टीमले ७ हजार ३१ मिटर अग्लो साईपाल हिमालमा सफल आरोहण गरेको छ । दक्षिणी मोहडाबाट साईपाल हिमाल आरोहण सफल भएको पहिलो पटक हो । यसअघि पटक पटक दक्षिणी मोहडाबाट साईपाल हिमाल चढ्न थुप्रै पर्वतारोहीले प्रयास गरेपनि सफल हुन सकेका थिएनन ।
अन्र्तराष्ट्रिय ख्याती प्राप्त पर्वतारोही डा. जर्ज ईचोएगा र मार्टिन रामोश र चार जना सहयोगी भरियाहरुको टीमले कार्तिक १६ गते साईपाल हिमालको चुचुरोमा पाईला टेकेको मिसन साईपालका अगुवा भोजराज भाटले बताए । यद्दपि साईपालमा सहभागी चार बझाङी चेलीले भने साईपाल हिमाल चढ्न सकेनन ।
साईपाल हिमालको सफल आरोहणपछि उनीहरु आईतवार साँझ सदरमुकाम चैनपुर फर्केका छन् । 
संसारभरीका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल आरोहण गरिसकेका ख्यातीप्राप्त पर्वतारोही डा. जर्जले साईपाल हिमाल आरोहण गर्नु अत्यन्त जटिल भएपनि सफल भएकोमा खुशी व्यक्त गरे ।
अरु हिमालको आरोहण यति कठिन छैन । यति गाह्रो हिमाल अरु देखेन, डा. जर्जले भने, साईपाल चढ्ने हाम्रो मिसन पुरा भयो । तर नेपाली चेलीहरु चढ्न नपाउदा भने दुःखी छौ ।