Close This

दीर्घ बहादुर सोडारी नेकपाको साधारण सदस्यबाट समेत निष्कासित

मंगलबार कार्तिक २७, २०७५/ Tuesday 11-13-18
Paschim Today


धनगढी,२७ कार्तिक ।
पदिय मर्यादा विपरित काम गरेको आरोपमा मन्त्री पदबाट हटाईएका दीर्घ बहादुर सोडारीलाई नेकपाको साधारण सदस्यबाट समेत निष्कासन गरिएको छ ।
सोडारीलाई आज साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको प्रदेश कमिटिका एक पदाधिकारीले बताए ।
माओवादीसंग पार्टी एकता हुनु अघि नेकपा एमाले कैलालीका अध्यक्ष समेत रहेका सोडारीलाई पार्टीको सदस्य नरहने गरी निष्कासन गरिएपनि उनको सांसद पद भने यथावत रहनेछ ।
आज दिउसो सामाजिक विकास मन्त्री पदबाट बर्खास्त गरिएका सोडारीका स्थानमा अपरान्ह चार बजे कृष्णराज सुवेदीलाई प्रदेश सरकारले मन्त्रीमा नियुक्त गरेको थियो ।