Close This

सुप आईडलको टप १५ को अडिसन सम्पन्न 

बिहीबार कार्तिक २९, २०७५/ Thursday 11-15-18
Paschim Today

धनगढी, २९ कार्तिक । 
सुप आईडल सिजन २ को टप १५ को अडिसन बुधबार सम्पन्न भएको छ । 
अडिसनबाट टप १० मा चेतराज फुलारा, संजिता नेपाली, संजय डगौंरा, हिमाल सुनार, गणेश के.सी, सानेश बलायर, सुशिला बि.क., सुदर्शन थापा, आशिष महर, नवराज जैगडी छानिएका छन् । 
सुप आईडलको अडिसनका निर्णायकहरुमा गायक तथा संगीतकार गोपाल सुचिकार, मिस व्युटीफुल नेपाल बिजेता पुजा कुंवर, गायक तथा संगीतकार दिपक जोशी रहेका थिए । 
सुप आईडलको टप ५ का लागि अडिसन मंसिर १ गते हुने आयोजकले जानकारी दिएको छ ।