Close This

आवस गृहको कार्यबिधि वनाउन पर्यटन बोर्डको टोली खप्तडमा (फोटो फिचर)

बिहीबार कार्तिक २९, २०७५/ Thursday 11-15-18
Paschim Today

धनगढी, २९ कार्तिक ।
खप्तडमा निर्माण हुने आवस गृहको कार्यबिधि वनाउनका लागि पर्यटन बोर्डको टोली खप्तड पुगेको छ । खप्तडमा १ सय जना र बिचपानिमा ५० जना अटाउने आवस गृहको कार्यबिधि बनाउन टोली खप्तड पुगेको हो । पर्यटन बोर्डले खप्तड र बिचपानिमा आवस गृह निर्माणका लागि एक महिना पहिले ५ करोड बजेट विनीयोजन गरेको थियो ।

 नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महराले आवस गृह निर्माणका लागि स्थान र स्थानियसग छलफल गर्न टोली खप्तड पुगेको जानकारी दीनुभयो । कार्यबिधि बनाउन पर्यटन व्यवसायी समितिका पदाधिकारी र नेपाल पर्यटन बोर्डका पदाधिकारी सहितको जम्बो टोली खप्तड पुगेको हो ।

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महरा, अवधेश कुमार दास र दिपक महत, पर्यटन विकास समितिका महासचिव सन्जय कुमार चौधरी, होटल व्यवसायी संघ डोटीका अध्यक्ष तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक बहादुर खडका, खप्तड मध्यबर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्याय, एनआरएन जर्मनीका अध्यक्ष नबराज रोश्यारा लगायतको टोली खप्तड पुगेको हो । यस्तै टोलीले सिलगढी बिचपानि खप्तड हुदै अपि जाने बाटो समेत पत्ता लगाउने बताउनु भयो ।