Close This

जिल्ला प्रशासन कार्यालयमा पाँच दिनदेखि धर्ना

शुक्रबार कार्तिक ३०, २०७५/ Friday 11-16-18
Paschim Today

कन्चनपुर, ३० कार्तिक ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पाँच दिनदेखि धर्ना जारी रहेको छ ।
निर्मला पन्तका परिवारले थालेको धर्नामा नागरिक संघर्ष समिति कञ्चनपुरले साथ र समर्थन गरेको छ । कञ्चनपुरका एसपी कुबेर कडायतले धर्ना जारी रहेको बताएका छन् । पीडित परिवारको धर्नामा महिला मानव अधिकारकर्मीहरुको सहभागिता रहेको एसपी कडायतले  बताए ।  निर्मला पन्तका बुवाआमाले पूर्व घोषित कार्यक्रम अनुसार नै अनिश्चितकालिन धर्ना सुरु गरेका थिए । 
निर्मला पन्तका हत्यारा पत्ता नलागेसम्मअ निश्चीतकालिन धर्ना जारी राख्ने महिला मानव अधिकारकर्मी शारदा चन्दले बताइन । उनले आफूहरुले धर्ना अपराधी पत्ता लगाउन दबाव दिने उद्देश्यले भइरहेको बताइन् । 
निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिहीबार १ सय १२ दिन पुगेको छ । अहिलेसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । 
शंका गरेका चार व्यक्तिको डिएनए रिपोर्ट बिहीबार कञ्चनपुर प्रहरीलाई बुझाइएको छ  । केन्द्रीय विधिविज्ञान प्रयोगशाला काठमाडौंले कञ्चनपुरका डीएसपी कृष्ण ओझालाई रिपोर्ट बुझाएको हो । डीएसपी ओझाले शुक्रवार मात्रै रिपोर्ट खोलिने बताए ।
कञ्चनपुरका एसपी कुबेर कठायतले रिपोर्ट कञ्चनपुर ल्याएपछि सरकारी वकिलको सल्लाहमा खोलिने बताए । डिएनए परीक्षण गरिएका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।