Close This

जीप दुर्घटनामा चालकको मृत्यु 

शुक्रबार कार्तिक ३०, २०७५/ Friday 11-16-18
Paschim Today

बाजुरा, ३० कार्तिक।
बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा बिहीवार मार्तडी आउँदै गरेको से१ज ५४३ नं को जीप बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 
मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिए । दुर्घटनामा परेका यात्रुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख भाटले बताए । दुर्घटनामा परी गम्भीर घाइतेमध्ये चालकका छोरा २२ वर्षीय नवराज साउँद, ट्रक चालक कुम्भ रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 
सोही नगरपालिका–१ कुँडीमा भारतबाट आएकालाई पु¥याएर कुँडीबाट मार्तडी आउने क्रममा जीप दुर्घटना भएको हो । जीप सडकभन्दा करीब पाँच सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।