Close This

उग्रतारा मन्दिरमा मेलाको तयारी

शुक्रबार कार्तिक ३०, २०७५/ Friday 11-16-18
Paschim Today

डडेल्धुरा, ३० कात्तिक । 
सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठमध्ये एक मानिएको डडेल्धुरास्थित उग्रतारा मन्दिरमा यस वर्ष आगामी मंसिर ६ गते मेला लाग्ने भएको छ ।

डडेल्धुरा जिल्लाको सदरमुकामबाट लगभग ५ किलोमिटर दुरीमा रहेको अमरगढी नगरपालिका वडा नं. ८ स्थित डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतर्फ अग्लो डाँडामा यो मन्दिर छ ।

सुदूरपश्चिमका प्रख्यात नौ देवीमध्ये कै एक उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमा अर्थात मंसिर ५ गते राति रतेडी र ६ गते दिउँसेडी (दिवामेला) लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।

सुदूरपश्चिमका नौवटै जिल्लाबाट र छिमेकी राष्ट्र भारतको सिमावर्ती क्षेत्रबाट पनि दर्शनार्थी मेला भर्न आउने गर्दछन् ।  स्वयं प्रकट भगवती मानिने उग्रताराको दर्शन गरे निःसन्तानलाई सन्तान प्राप्त हुने र वर्षभरि सुखशान्ति, समृद्धि एवं सद्बुद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ । ईमेजखबरबाट