Close This

भाडामा एकरुपता नहुँदा यात्रुहरु ठगिदै

शुक्रबार कार्तिक ३०, २०७५/ Friday 11-16-18
Paschim Today

बझाङ, ३० कात्तिक । 
छोटो दुरीका लागि जिल्लाभित्र चल्ने जिपमा यातायात भाडा दर नहुँदा यात्रुहरुबाट गाडी चालकले दोब्बर भाडा लिने गरेका छन् । 
दुई नगरपालिका र १० गाउँपालिका रहेको बझाङ जिल्लामा तिहार मनाएर घरमा गएका कर्मचारी, विद्यार्थी र रोजगारीको लागि विदेशिएका यति बेला गाउँघरमा आएका छन् । विदेशमै बस्दै आएका भए पनि नागरिकता नबनाएकाहरु नगरकिता बनाउनको लागि सदुरमकाम चैनपुर आउनेको सिमखेतको जिप पार्कमा  दिनहुँ सयौँ जनाको भीड लाग्ने गरेको छ । 
२०७३ भदौ १६ गते जिल्ला प्रशासन कार्यलयमा सार्वजनिक यातायाततर्फ भाडा दर रुट ईजाजत सम्बन्धमा बसेको बैठेकले कच्ची सड्कमा एक  किमि १० रुपैया र पक्की सडकमा ५ रुपैया तोकेको भए पनि अहिले भने गाडी चालकले मनोमानी भाडा लिने गरका छन् ।
यसैबीच जिल्ला प्रशासनमा कार्यालय बझाङमा नागरिकता र विदेशको लागि पासपोर्ट बनाउने भीड लाग्ने गरेको छ । दसैँ र तिहारको मौकापारी घर आएका र नागरिकता नबनाएको हुँदा जिल्लाको विभिन्न ठाउँबाट नागरिकता र पासपोर्ट बनाउन आउनेको प्रसासनमा घुँईचो लाग्ने गरेको छ ।