Close This

सामाजिक बिकास मन्त्रि सुबेदी आफै बाटो मर्मत गर्न हिडेपछि (फोटोफिचार)

शुक्रबार कार्तिक ३०, २०७५/ Friday 11-16-18
Paschim Today

धनगढी, ३० कार्तिक ।

शुदुर पश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रिको सक्रियतामा बास्कोटा अत्तरीया जोड्ने सडक मर्मत गरीएको छ ।  नब नियूक्त सामाजिक बिकास मन्त्रि कृष्णराज सुबेदीको सक्रियतामा बाटो मर्मत गरीएको हो ।

मन्त्रि सुबेदीले आज बिहान आफै कोदालो समातेर बाटो मर्मत गर्नु भएको थियो ।

मन्त्रि सुबेदीले कोदालो समातेर बाटो मर्मत गर्न थालेपछि स्थानिय खुसि हुदै मर्मत हुन सहभागि भएको थिए ।

बाटोमा खाल्डा खुल्डिका भएका कारण उक्त बाटो भएर दैनिक हिडडुल गर्ने स्थानिय शास्ति खेप्दै आएका थिए ।