Close This

एलआरआई स्कुलद्धारा कालीकोटका अग्नी पीडितलाई सहयोग 

मंगलबार पौष १७, २०७५/ Tuesday 01-01-19
Paschim Today


काठमाण्डौं,१६ पुष ।
एलआरआइ स्कुल कलंकी काठमाडौँले कालीकोटका अग्नी पीडितलाई एक लाख ५० हजार बराबरका लत्ताकपडा लगायतका सामग्री सहयोग गरेको छ ।
सोमबार एलआरआइले एक सय २० थान ब्लाङ्केट, एक सय २० थान झोला सहितका लत्ताकपडा र शैक्षिक सामग्री प्रदान गरेको हो । 
सोमबार एक कार्यक्रमका बीचमा काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख सिताराम कोइराला र विद्यालयका संस्थापक शिवराज पन्तले कर्णाली जनअधिकार मञ्चका अध्यक्ष तथा समाजसेवी प्रकाश रोकायालाई सम्बन्धित ठाउँमा पु¥याउने जिम्मासहित ती सामग्री हस्तान्तरण गरेका हुन् । 
यही पुस ८ गते उक्त बस्तीमा भीषण आगलागी हुँदा कालीकोटको पलाँता गाउँपालिका वडा नम्बर १, खाडा गाउँका ८७ घर जलेर नष्ट भएका थिए ।

एलआरआइले यसअघि सिन्धुपाल्चोक चिसापानीमा रहेको तामाङ् वस्तीमा रहेको सामुदायिक विद्यालयलाई कम्प्युटर तथा पुस्तकालयीय सामग्री, बर्दिया गुलरिया नगरपालिकामा थारु बाहुल्य क्षेत्रमा सञ्चालित सनराइज प्राथमिक विद्यालयमा पुस्तकालयको लागि दुईलाख पचास हजार बराबरको पुस्तकहरु सहयोग गरेको थियो ।