Close This

थारु फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक (भिडियो)

बिहीबार पौष १९, २०७५/ Thursday 01-03-19
Paschim Today

धनगढी, १९ मंसिर । सँस्कृतिमा आधारित थारु फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक भएको छ । दशैं तिहारमा नाचिने सखिया नाचमा आधारित फिल्म सत्य घटनामा आधारित छ । 

दशैं नजिकिएसँगै थारु गाउँमा सख्या नाच नाच्ने चलन छ । थारु गाउँका  किशोर किशोरीको सख्या नाच्ने इच्छा हुँदाहुँदै पारिवारि अवस्थाले नाच्न पाउँदैनन् । आर्थिक अवस्था कमजोर र पारिवारिक अवस्था दयनीय रहेका कतिपय परिवारका किशोर किशोरीहरुको सख्या नाच्ने रहर अधुरो हुन्छ । त्यही परिवारको घटनाक्रमलाई भुरभुरा रहरमार्फत् देखाउन खोजेको निर्देशक मदन चौधरीले जानकारी दिए । फिल्म थारु समुदायको नयाँ वर्ष माघी लगत्तै देशब्यापी च्यारिटी गरिने निर्देशक चौधरीले बताए । 

थारु फिल्मस् प्रोडक्सन र रामलाल चौधरीले निर्माण गरेको फिल्ममा इन्द्र चौधरी, भिष्मा चौधरी, छबिलाल कोपिला, शिवानी चौधरी, लहिया थारुले मुख्य अभिनय गरेका छन् । फिल्म  सुशील चौधरीले लेखेका छन् ।