Close This

बिन्दास म्युजिक अवार्ड हुने

आइतबार पौष २२, २०७५/ Sunday 01-06-19
Paschim Today

धनगढी, २२ पुस । कैलालीको धनगढीमा नेपाल आइस बिन्दास म्युजिक अवार्ड हुने भएको छ । घोडाघोडी मिडिया सञ्चार समूह (बिन्दास मिडिया) ले दोस्रो पटक राष्ट्रिय स्तरको थारु म्युजिक अवार्ड आउँदो चैत १ र २ गते आयोजना गर्न लागेको जनाएको छ । 
    थारु चलचित्र, म्युजिक भिडियो, थारु लोककला, कलाकारलाई सम्मान गर्ने र उत्प्रेरित गर्ने उद्देश्यले म्युजिक अवार्ड गर्न लागेको आइतबार पत्रकार सम्मेलन गरी जनाइएको छ । गतवर्षदेखि थालनी गरिएको यो अवार्डले थारु समुदायको कला संस्कृति संरक्षण तथा विकासमा सहयोग समेत पु¥याउने कार्यक्रम संयोजक हरेन्द्र चौधरीले जानकारी दिए । 
    म्युजिक अवार्डमा विभिन्न २२ विधामा अवार्ड प्रदान गर्ने जनाइएको छ । महिला पुरुष दुवैलाई सर्वोत्कृष्ट आधुनिक गायन, सर्वोत्कृष्ट लोक गीत गायन, सर्वोत्कृष्ट पप गायन, सर्वोत्कृष्ट गायन अवार्ड प्रदान गर्ने जनाइएको छ । यस्तै, सर्वोत्कृष्ट सर्जक, गीतकार, फिल्म निर्देशक, म्युजिक भिडियो निर्देशक, संगीतकार, छायांकार, दृश्य सम्पादन, नव प्रतिभा महिला पुरुष, सर्वोत्कृष्ट गीत २०७५, सर्वोत्कृष्ट मोडल महिला पुरुष, सर्वोत्कृष्ट युगल मोडल र सर्वोत्कृष्ट कलापत्रकारिता छनोट गरेर अवार्ड प्रदान गर्ने जनाइएको छ ।