Close This

सुरज थापाले नचाए दर्शक

बिहीबार पौष २६, २०७५/ Thursday 01-10-19
Paschim Today

धनगढी , २६ पुष । 

कैलालीको धनगढीमा जारी सुन्दर सुदूरपश्चिम महोत्सवमा सुरज थापाले दर्शकलाई नचाएका छन । 
नेपाल आइडलको पहिलो सिजनबाट पाँचौ स्थानबाट बाहिरिएको सुरजले आफ्नो प्रस्तुति मार्फत दर्शकलाई नचाएका हुन । उनले हे परदेशी आएनौ फर्केर, तिमीलाई माया गर्ने बहुला हु म, ओ प्रिया लगाएका दर्जन गीत गाउँदै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । 
यस्तै महोत्सबमा हास्यकलाकार मनिस खड्का, लोक गायिका मञ्जु पौडेल लगायत स्थानीय कलाकारले आफ्नो प्रस्तुति राखेका थिए । महोत्सवमा बिहीबार ज्योती मगर, मेरीबास्सैका हास्य कलाकार प्रकाश कँडेल गुलेली कान्छा, डेउडा गायक सज्जन धामी र मोडेल दीपा तिवारी लगायत स्थानीय कलाकारको प्रस्तुति रहने मुल सयोजक श्याम बिष्टले बताए ।
स्थानीय विश्व ज्योती युवा क्लब र श्री शक्ति युवा क्लबले संयुक्त रुपमा महोत्सवको आयोजना गरेका हुन । महोत्सव माघ २ गते सम्म सञ्चालन हुनेछ ।