Close This

कारको ठक्करबाट भाले पाटे बाघ गम्भीर

शुक्रबार पौष २७, २०७५/ Friday 01-11-19
Paschim Today

बर्दिया, २७ पुस । बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनी चेक पोष्ट नजिक शुक्रबार बिहान कारको ठक्करबाट एउटा पाटे बाघ गम्भीर घाइते भएको छ ।
पूर्व पश्चिम राजमार्गको अम्रेनी चेक पोष्टदेखि ३ किलोमिटर पश्चिम बर्दिया निकुञ्जभित्र पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ८ च ३९१८ नम्बरको कारको ठक्करबाट वयस्क भाले पाटे बाघ गम्भीर घाइते भएको निकुञ्जले जनाएको छ ।
घाइते भएलगत्तै निकुञ्ज सुरक्षार्थ नेपाली सेना,राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जको टोली घटनास्थल पुगेको थियो । घाइते बाघलाई निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गणका नेपाली सेना, निकुञ्जको प्राविधिक टोलीले (डार्ट) लठ्याउने सुई लगाएर उपचारका लागि बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्वारा लगिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । 
बाघको दुईवटा दाँत भाँचिएको र शरीरको भित्री भागमा चोट लागेको छ । घाइते बाघ हिँड्न नसक्ने अवस्थामा सडक किनारमै पल्टिएको थियो । बाघलाई ठक्कर दिएपछि कार अनियन्त्रित भएर सडकभन्दा बाहिर गएको थियो । कारमा सवार यात्रु भने सकुशल छन । ठक्कर दिने कार र चालक निकुञ्जले नियन्त्रणमा लिएको छ । दुई वर्षअघि यसै क्षेत्रमा बसको ठक्करबाट एउटा वयस्क पाटे बाघ मरेको थियो । साभार  : उज्यालो अनलाइनबाट ।