Close This

एकताको १७ महिनामै फुट्यो विवेकशील साझा

शनिबार पौष २८, २०७५/ Saturday 01-12-19
Paschim Today

काठमाडौँ, २८ पुष ।

एकीकरण भएको १७ महिनामै विवकशील साझा पार्टी फुटेको छ । संयोजक उज्ज्वल थापा पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा शुक्रबार निवेदन दिएसँगै उक्त पार्टी विभाजन भएको हो । संयोजक थापाले १६ केन्द्रीय सदस्यसहित आयोगमा निवेदन दिएका छन् ।

विवेकशीलका नेता पुकार बमले आफूहरु नयाँ पार्टी दर्ताको लागि कानुनी प्रक्रियामा गएको पुस्टि गरे। उनले भने, ुजति ढिलो गर्‍यो त्यतिनै हाम्रो राजनीतिक स्वच्छतामा आँच आउने हुँदा बाध्य भएर यो कदम चालेका हौं।ु

असन्तुष्ट पक्षले नेतृत्वले विधानविपरीत काम गरेको, कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रीय सदस्य भर्ती गरेको, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभागहरु विघटनहरु गर्ने, परम्परागत राजनीतिक दलहरुकै अनुशरण गर्दै विभिन्न भातृ संगठन गठन गर्नेतर्फ अघि बढ्ने क्रियाकलाप गरेको आरोप लगाएका छन्।

थापा समूहमा रन्जु न्यौपाने ९दर्शना०, साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी, अर्जुन सिंह ठकुरी छन्।


तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच २०७४ साउन ११ गते एकीकरणको घोषणा भएको थियो।एकता घोषणा हुँदै गर्दा मिश्रले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफूहरुले पार्टी एकता गराएको दाबी गरेका थिए।