Close This

सुन्दर सुदूरपश्चिम महोत्सवको समापन

बिहीबार माघ ३, २०७५/ Thursday 01-17-19
Paschim Today


धनगढी,३ माघ
पुस २० गतेबाट धनगढीमा आयोजना गरिएको सुन्दर सुदूरपश्चिम महोत्सवको समापन गरिएको छ ।
बुधवार भब्य कार्यक्रमका बिच महोत्सवको समापन गरिएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथी धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले महोत्सव धनगढीका लागि फलदायी भएको प्रतिकृया दिए । महोत्सवले स्थानीय ब्यापार, ब्यावसाय र संस्कृतीको प्रवद्र्धनमा टेवा पु¥याएको छ नगरप्रमुख वडले भने,त्यस कारण पनि उप महानगरपालिका आयोजकहरुलाई धन्यवाद दिन चाहन्छ । 
महोत्सव आयोजक मुल समितिका संयोजक श्याम बिष्टले महोत्सवमा झण्डै २ करोड बरावरको कारोवार भएको बताए । उनले भने ७० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । महत्वपूर्ण कुरो भनेको दर्शकहरु मध्य २५ हजार भन्दा बढी भरतीयहरु रहेका थिए । उनले महोत्सव भारत संगको पर्यटकीय कनेक्टीभिटी जोड्नका लागि बढी महत्वपूर्ण भएको बताए ।