फरेस्टर हरिश १० हजार घुससहित पक्राउ

बिहीबार माघ ३, २०७५/ Thursday 01-17-19
Paschim Today

धनगढी, ३ माघ । सेक्टर वन कार्यालय भजनीमा कार्यरत फरेस्टर हरिशचन्द्र कुमार सेवाग्राहीबाट घुस लिने क्रममा पक्राउ परेका छन् । 
    उनलाई १० हजार घुस रुपैयासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका फरेस्टरलाई थप अनुसन्धानको लागि शुक्रबार काठमाण्डौं पठाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ ।