महिला टी–२० स्म्यास क्रिकेटको उपाधिकालागि नेपालको प्रतिद्वन्दी थाइल्याण्ड

शुक्रबार माघ ४, २०७५/ Friday 01-18-19
Paschim Today

काठमाण्डौ, ४ माघ । 
थाइल्याण्ड महिला टी–२० स्म्यासको उपाधिका लागि नेपालले थाइल्याण्डलाई नै प्रतिद्धन्द्धी पाएको छ ।

आज भएको दोस्रो सेमिफाइनलमा युएईलाई ४९ रनले हराउदै थाइल्याण्डले फाइनलमा स्थान बनायो । पहिलो ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा सात विकेट गुमाउदै ९१ रन बनाएको थियो ।

जवाफमा उसले युएईलाई १५ ओभर चार बलमा मात्र ४२ रनमा अलआउट गर्यो । यसअघि नेपालले इन्डोनेसियालाई ९२ रनले हराउदै फाइनलमा स्थान बनाएको हो । फाइनल खेल भोली हुनेछ ।