Close This

माघी मिलन तथा सांस्कृतिक कार्यक्रम शुरु

शनिबार माघ ५, २०७५/ Saturday 01-19-19
Paschim Today

धनगढी, ५ माघ ।
कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीमा माघी मिलन तथा बृहत सांस्कृतिक कार्यक्रम शुक्रबारबाट शुरु भएको छ । 
    नगरपालिकाकाको आर्थिक सहयोगमा बड्घर, भलमन्सा, मटावा नगर समिति लम्कीचुहाले कार्यक्रमको आयोजना गरेको हो । ‘भाषा, कला, धर्म, संस्कृतिके संरक्षण करी, सांस्कृतिक पहिचानके लाग एक जुट हुई’ भन्ने नाराका साथ शुरु भएको माघी मिलन तथा बृहत सांस्कृतिक कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन अवसरमा विभिन्न परम्परागत नाचको झाँकी प्रस्तुत गरिएको थियो । 
    बृहत सांस्कृतिक कार्यक्रममा ३८ वटा नाच टोलीले सहभागिता जनाएका छन् । नृत्यमा प्रथम हुने टोलीले नगद डेढ लाख रुपैया, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।