Close This

खप्तड गोल्डकपको उपाधी नेपाल पुलिस क्लबलाई

शनिबार माघ ५, २०७५/ Saturday 01-19-19
Paschim Today

धनगढी, ५ पुष । 
नेपाल पुलिस क्लबले स्टार खेलाडीले भरिएको रुस्लान थ्रीस्टारलाई पराजित गरी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि उचालेको छ ।   फाइनल खेलमा १–० गोल अन्तरले थ्रीस्टारमाथि जित निकालेर पुलिस पहिलो पटक तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको च्याम्पियन बनेको हो । पुलिसलाई उपाधि दिलाउनका लागि अभिषेक रिजालले निर्णायक गोल गर्नुभयो । उहाँ प्रतियोगितामा म्यान अफ द म्याच घोषित भइ नगद १० हजार रुपियाँ पुरस्कारको हकदार समेत बन्नुभयो ।