न्युजिल्याण्डबाट आदित्य ढुंगानाद्धारा हजुरबुवाको सम्मानमा पाँच हजार पाँच सय ५५ रुपैया सहयोग

धनगढी, २० मंसिर ।
ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि थालिएको आर्थिक संकलन अभियानमा न्युजिल्यान्डमा कार्यरत टीकापुरका युवा आदित्य ढुङ्गानाले आफ्ना हजुरबुबा चन्द्रराज शर्मा ढुङ्गानाको सम्मानमा पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।
टीकापुर घर भई हाल न्युजिल्यान्डमा कार्यरत ढुंगानाले हजुरबुवाको तर्फबाट शव बाहन खरीदका लागि पाँच हजार पाँच सय ५५ रुपैया सहयोग गरेका हुन् ।
टीकापुर क्षेत्रमा शव बाहन नहुदा शवको व्यवस्थापनमा भईरहेको असुबिधालाई मध्यनजर गर्दै ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहद्धारा शव बाहन खरीदका लागि थालिएको अभियानमा स्वस्र्फुत ढंगले देश विदेशबाट तिब्र रुपमा आर्थिक सहयोग भईरहेको छ ।
अभियानको अगुवाई गरिरहेको ह्युमानिटी फाउण्डेसन नेपालले दुई लाख रुपैया शव बाहनका लागि जम्मा गरेको छ । हालसम्म १५ लाख रुपैया भन्दा बढि संकलन भईसकेको छ ।
टीकापुर सरोकार समूहका र ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य हिक्मत थापाले शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानमा देश विदेशबाट सबै पेशा, व्यवसाय र क्षेत्रका व्यक्तिहरुबाट प्राप्त सहयोग र सकारात्मक प्रतिबद्धताले अत्यन्त उत्साही भएको बताए ।
उनले शव बाहन खरीदका लागि प्रवासमा रहेर पनि आफ्नो जन्मभूमि प्रतिको दायित्वलाई सम्झिदै न्युजिल्याण्डबाट आर्थिक सहयोग गरेकोमा ढुंगानाप्रति आभार व्यक्त गरे ।
ं
तपाईको प्रतिक्रिया