Close This

गन्तव्य मध्यपुर थिमि तस्बिर पुस्तक सार्वजनिक

शुक्रबार कार्तिक १९, २०७८/ Friday 11-05-21
Paschim Today

काठमाडौँ,१९ कात्तिक । मध्यपुर थिमि नगरपालिकाको दुई पोखरीमा एक कार्यक्रमका बीच गन्तब्य मध्यपुर थिमि तस्बिर पुस्तक सार्वजनिक गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तका सार्वजनीक गरेका हुन् । भरतबन्धु थापाको लेखन तथा खिचिएका मध्यपुर थिमि नगरपालिका भित्रका सांस्कृतिक, धार्मिक एवम जीवनशैलीसँग तस्बिरहरुको संग्रहित पुस्तक अध्यक्ष ओलीले सार्वजनिक गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले मध्यपुर कला र संस्कृतिको हिसाबले धनी रहेको बताए । नगरपालिका क्षेत्रभित्रका प्राचिन साँस्कृतिक विरासत युक्त सम्पदा, ऐतिहासिक स्थलहरु, कला र परम्परा झल्काउने तस्बिरहरु समावेश रहेको यस संग्रहले मध्यपुर थिमिको पर्यटन, प्रवद्र्धन र विकासमा मद्दत गर्ने विश्वा ओलीले गरे । अध्यक्ष ओलीले भने, ‘हाम्रो ऐतिहासिकता, हाम्रा साँस्कृतिक विविधता, हाम्रो सवल सभ्यता, हाम्रो सिर्जनात्मक प्राचीन कलाका विविध आयामहरुलाई यसले जीवन्त रुपमा प्रस्तुत गर्नेछ । मौलिक र गौरवपूर्ण परम्पराको रक्षा गरी नगरलाई आधुनिक, सम्पन्न र विकसित बनाउने र नगरवासीको जीवनमा खुसी हासिल गर्ने उद्देश्यमा यस प्रकाशनले सहयोग पुर्याउने छ ।’

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमिको धार्मिक, साँस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरूलाई उजागर गरी देश विदेशमा जानकारी दिन सकेमा आन्तरिक र बाह्य पर्यटन विकासका माध्यमद्वारा सम्पदाको संरक्षण सम्बर्द्धन एवं प्रबद्र्धन गर्दै बहुआयामिक रोजगारी सिर्जनाबाट समृद्ध नगर निर्माण हुने बताए ।