महिलाको शव फेला

बुधबार मङ्सिर ६, २०८०/ Wednesday 11-22-23
Paschim Today

कैलालीस्थित धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा अन्दाजी ३२/३३ वर्षीया महिलाको शव कुहिएको अवस्थामा फेला परेको हो। वडाध्यक्ष भागीराम चौधरीका अनुसार विद्यार्थीहरु शौचका लागी झाडीमा जाने क्रममा शव देखेका हुन्।

महिलाको शरीर कुहिएर किरा परेको अवस्थामा छ। घटनास्थलमा प्रहरीको टोली खटाईएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।