गणतन्त्रको विउ रोप्ने वावा मूर्खानन्द र मंसिर ७

२०३३ सालमा वावा मूर्खानन्दका नामले पशुपति छिरेका एकजना भारतीय जासुसलाइ तत्कालीन अनुसन्धान गर्ने नेपाली निकायले पक्राउ गरेर रक्सौल पुगाएको घटना धेरैलाइ जानकारी नहुन सक्छ । त्यो वेला राजदरवारका एकजना उप सचिव, गृहमन्त्रीका स्वकीय सचिव र एकजना सेक्सन अफिसर माथि जासुसी मुद्दा समेत चलाइएको थियो । त्यो घटनासंग जोडिएका अधिकारी मध्ये केही अहिले पनि जिवित छन । उनको पशुपति नाथ भित्र रहेको कोठामा थुप्रै दस्तावेज पनि तत्कालीन गुप्तचर बिभागले भेटाएको थियो । भारतको दवावमा ति वावा पक्राउ गरेरपनि रक्सौल नाका कटाउने मात्र काम भयो उनी माथि कुनै कार्वाही भएन । राजदरवारमा काम गर्ने उच्च अधिकारी देखि तत्कालीन मन्त्री उच्च पदस्थ प्रशासक मात्र नभइ पछि राष्ट्रगुरुको सम्मान पाएका योगी नरहरी नाथ समेत धार्मिक भावनाले उनका सहयोगी वनेका थिए । सम्भवत योगी नरहरी नाथलाइ पनि त्यो उक्त मुद्दा लागेको थियो । उक्त घटनाका बिषयमा राष्ट्रगुरु नरहरी नाथले महेन्द्रनगरको बिष्णु मन्दिरमा कोटीहोम लागिरहंदा एउटा प्रसंगमा भनेका थिए ‘ति वावाको नाम याद छैन तर वाहिर उनको नाम मूर्खानन्द प्रचारित थियो ।’ तिनै वावा धार्मिक प्रचार प्रसारको आडमा नेपालमा गणतन्त्रको बिउ रोप्ने पहिलो भारतीय जासुस थिए ।
त्यो त्यतिवेलाको घटना हो जुन समय राजा बिरेन्द्रले एउटा अमेरिकी मिशनलाइ धर्मान्तरण गरेको आरोपमा ७२ घण्टा भित्र देश छोड्ने आदेश जारी गरेका थिए । भारत त्यतिवेला सोभियत रुसको गु्रपमा थियो । भारतको दवावमा राजा बिरेन्द्रले नेपालका ५ वटा जिल्ला रोल्पा , रुकुम, गोर्खा, सिन्धुली र रामेछापमा शिक्षा क्षेत्रमा काम गरिरहेको उक्त मिशनलाइ देश छोड्ने आदेश जारी गरेका थिए । त्यो घटना पछि सोभियत रुसको सहयोगमा नेपालमा धेरै बिकास परियोजना सुरु भए । पूर्वपश्चिम राजमार्ग अन्तरगतका धेरै पुल पुलेसा वने । नेपालीहरुलाइ उच्च शिक्षाका लागि सोभियत रुसले छात्रवृत्ति सुरु गर्यो । नेपालमा रसियन कम्युनिष्टका नामले कम्युनिष्टहरुले राजनीति पनि सुरु गरे । उक्त घटनाको २० बर्ष पछि नेपालमा माओवादीको कथित जनयुद्ध नामको आतंक सुरु भयो । स्मरण राख्नुपर्ने के छ भने जनयुद्धको उद्गम स्थलका रुपमा तिनै ५ जिल्ला रोल्पा रुकुम, गोर्खा , सिन्धुली र रामेछाम हुन जहां अमेरिकी मिशनले ३ बर्ष भन्दा वढी काम गरेको थियो । माओवादी जनयुद्ध चरम अवस्थामा पुग्दा एकाएक सांस्कृतिक क्रान्तिका नाममा हिन्दूहरुका मठ मन्दिर लुटिए , व्राह्मणका टुप्पी काटिए , श्राद्ध देखि सांस्कृतिक पर्व मनाउनमा माओवादीले रोक लगाए । मठ मन्दिरमा लाग्ने सांस्कृतिक जात्राहरुमा प्रतिवन्ध लाग्यो । तर त्यो अवधि भरि नेपालमा एउटा पनि चर्चमा माओवादीले आक्रमण गरेको स्मरण छैन । एउटा पनि गुम्वा तथा मस्जिदमा माओवादीले आक्रमण गरेको सम्झना यो पंक्तिकारलाइ छैन । २०५८ ,०५९ मा माओवादीले देश भरिका हिन्दू मठ मन्दिरका सम्पत्ति लुटपाट गरे, धार्मिक गुठीका जग्जा जमिन कब्जा गरे , मन्दिर भत्काए । मठ मन्दिरमा दिशापिशाव गर्न लगाए । जस्को प्रत्यक्षदर्शी मध्ये यो पंक्तिकार पनि एक हो ।
जानकार र त्यतिवेला राज्य संयन्त्रका उच्च पदमा रहेका थुप्रै जिवित ब्यक्तिहरुको भनाइमा नेपालमा गणतन्त्रको बिउ २०३३ सालमै रोपिएको हो । कालान्तरमा शित युद्ध सकियो । सोभियत रुसको पतन भयो । अमेरिका एक छत्र महाशक्ति वन्यो । अर्कोतिर चिन महाशक्ति वन्ने होडमा देखिएपछि भारतको स्वार्थ बाझियो । भारत अमेरिका नजिक भयो । अमेरिका र भारतको स्वार्थ मिलेपछि नेपालमा सुरु भएको कथित जनयुद्धले हिन्दू संस्कृति परम्परा र सभ्यता माथि आक्रमण सुरु गर्यो । राजसंस्था रहंदासम्म नेपालमा आफ्नो सामरिक स्वार्थ पुरा हुन नसक्ने देखिएपछि अमेरिका र भारत दुवैको सहयोगमा माओवादीले घर घर टोल टोलमा राजतन्त्र बिरोधी जनमत वनाउन तयार गर्यो । २०५८ त्यस्तो समय थियो जुन समयमा जनयुद्धका नाममा राजसंस्था र हिन्दूधर्म दुवै प्रति समाजमा माओवादीले जर्वजस्ति नकारात्मक प्रचारलाइ उत्कर्षमा पुगाएको थियो । राजनैतिक दलहरु प्रति जनताको चरम बितृष्णा थियो । दलहरुको भनाइ प्रति जनताले बिश्वास गर्न छोडिसकेका थिए । गाउंमा माओवादीको आतंक र शहरमा सेनाको आतंकले जनता पनि उपयुक्त मुक्तिको वाटो खोज्दै थिए । ठीक त्यही समयमाराजदरवार हत्याकाण्ड भयो । राजदवार हत्याकाण्डको सवै दोष राजाका भाइ तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहको परिवार माथि लाग्ने पृष्टभूमि तयार गरेर भएको हत्या काण्ड पछि नेपालमो राजतन्त्र निकै कमजोर अवस्थामा पुगिसकेको थियो ।
कैलाली कंचनपुरसंग जोडिएको लखिमीपुर खिरीको डेटलाइनमा भारतीय प्रमुख मिडयाहरुले (नवभारत टाइम्स, पंजाव केसरी , अमर उजाला , दैनिक जागरण , हिन्दूस्तान , द हिन्दू) राजदरवार हत्याकाण्डसंग सम्वन्धित समाचारलाइ अतिरंजित वनाएर प्रकासित गरिरहेका थिए । सुत्रोंके हवाले से भन्दै ज्ञानेन्द्रले नै राजा वन्न आफ्नै दाजुको हत्या गरेका सामाचारहरु एक हप्तासम्म निरन्तर बिभिन्न एंगलवाट प्रकासित भइरहेका थिए । नवभारत टाइम्सका स्थानीय सम्पादक सूर्यकान्त वाली भन्ने पत्रकारलाइ दिल्लीको एउटा कार्यक्रममा मैले प्रश्न गर्दा उनले भनेका थिए ‘यस्तो भइरहन्छ मिशनका लागि गरिने पत्रकारिताको एउटा अंश मात्रै हो यो ।’ त्यो मिशन के थियो उनले वताएनन तर वुझ्न सकिन्थ्यो कि भारतीय संस्थापन पक्षको इशारामा सवै काम भइरहेका थिए ।
संस्कृति माथि हमला सुरु भएपछि माओवादीको समाजमा चर्को आलोचना भयो । माओवादी कार्यकर्ताहरुलाइ गाउं गाउंमा जनताले नै लखेट्ने सम्भावना वढ्दै गएपछि माओवादीले एकाएक मठ मन्दिर लुट्ने, सांस्कृतिक पर्व र जात्राहरुमा लगाएको रोक एकाएक हटायो । हरेक जिल्लामा माओवादीले अनुगमनका नाममा एकजना केन्द्रिय सदस्य खटायो । संयोगले डडेलधुरामा खटाइएका जीवन्त नामका माओवादी नेतालाइ यो पंक्तिकारले डडेलधुराको रुपाल गाउंमा भेट्ने मौका पाएको थियो । पछि राजा ज्ञानेन्द्रले कु गरेपछि यो पंक्तिकार जेलमा छंदा ति नेताको वर्दियामा सैन्य कार्वाहीमा मृत्यु भएको थियो । विवीसी हिन्दीका रामदत्त त्रिपाठीले घटना स्थलवाट पठाएको सामाचार सामग्रीमा मैले उनको मृत्यु भएको समाचार सुनेको थिए । तिनै जिवन्तले अनौपचारिक रुपमा गरेको कुराकानी अनुसार त्यतिवेला सम्म ५७ जना माओवादी युद्ध कमाण्डरहरु धार्मिक रुपमा क्रिश्चियन थिए । उनकै दवदवाका कारण हिन्दूहरुका मठ मन्दिर लुट्ने काम भएका थिए । पछि तिव्र आलोचना हुन थालेपछि हेडक्वार्टरले त्यस्ता कार्वाही माथि रोक लगाएको थियो ।
स्वभाविक रुपमा ज्ञानेन्द्र राजा भए । तथ्यहरुले के देखाउंछ भने राजसंस्था सिद्धाउने रणनीति अनुरुप भारतले राजा ज्ञानेन्द्रलाइ शासन सत्ता हातमा लिन उत्प्रेरित गर्यो । अर्कोतिर माओवादी र तत्कालीन ७ दललाइ एक ठाउंमा ल्याएर १२ वुंदे समझदारी दिल्लीमा गराइयो । जुन सम्झौतामा राजतन्त्रको अन्त्यको कुरा कहिं पनि थिएन । गणतन्त्रको कुरा कहिं पनि थिएन । माओवादी र सात दल बिच भएको बिस्तृत शान्ति सम्झौता पछि नै भारतीय डिजाइन अनुसार गणतन्त्रका कुरा आए , धर्म निरपेक्षताका कुरा आए । जुन शक्तिले दरवार हत्याकाण्ड गरायो त्यही शक्तिले पछि राजा ज्ञानेन्द्रले गद्दी नछोडे उनका दाजुकै जस्तो अवस्था हुने चेतावनी दिएपछि संसारको इतिहासमा कुनै राजाले पहिलो पटक पत्रकार सम्मेलन गरेर राजगद्दी त्याग गरे । जुन कल्पना वाहिरको घटना थियो । त्यतिवेला सम्म नेपालको राजनीति पुरै भारतमा परनिर्भर भइसकेको थियो । भारतले जे चाह्यो त्यही हुने अवस्था सिर्जना भइसकेको थियो ।
नेपालमा गणतन्त्रको बिउ रोप्ने तिनै भारतीय जासुस वावा मूर्खानन्दका बिषयमा धेरै जानकारी कसैलाइ छैन । तर त्यतिवेलाका गुप्तचर अधिकारीहरु जो जिवित छन तिनीहरुलाइ धेरै जानकारी हुन सक्ला । तर प्रसंग मंसिर ७को हो । एकजना ब्यवसायिक दलाल (एजेण्ट) दुर्गा प्रसाइं एक्लैले गणतन्त्र हल्लाउन सक्ने अवस्था होकि होइन ? एकजना ब्यक्तिले विना कुनै लक्ष्यको आन्दोलन सुरु गर्दा सिंगो राज्य शत्ता अर्कमण्य वन्ने अवस्था आउन्छ भने यो गम्भीर बिषय हो । दुर्गा प्रसाइको आन्दोलन भारतीय चाहना हो भने किन हो ? यो वुझ्ने कुटनैतिक क्षमता मुलुकसंग छैन । कुट नैतिक क्षेत्रमा बिज्ञ भन्दा पनि ज्वाईं , शाला , सासुहरु छन । नेपालमा राजतन्त्रका नामले भारतीयहरुले के गर्न खोजीरहेका हुन ? राजतन्त्र पुर्नस्थापना गर्ने आवश्यकता भारतलाइ किन पर्यो ? राजवादीहरुलाइ मलजल गर्नुको पछाडी के रहस्य छ ? नेपालको संबिधानले नचिनेका राजालाइ भारतीय संस्थापन पक्ष र बिजेपीमा वेइटिंग प्रधानमन्त्रीका रुपमा देखिएका योगी आदित्य नाथले पटक पटक नेपालका श्री ५ महाराजधिराज भन्दै आतिथ्यता गर्दा नेपाली पक्ष किन वोल्न सक्दैन ? लखनउ वोलाएर हेलीकप्टरमा दिल्ली वोक्ने र मोदीसंग पटक पटक भेटाउने योगी आदित्य नाथका कदम वारे नेपाली पक्षलाइ जानकारी नै नभएको हो कि ?
कुटनैतिक क्षेत्रमा नेपाली पक्षवाट यस्ता घटनाका बिषयमा वोलेको वा बिरोध गरेको कहिं कतै सुनिदैन । अझ सत्ता लिप्सामा लिप्त प्रचण्डलाइ गेरुवा वस्त्र लगाएर महाकाल मन्दिर पठाउने भारतीय संस्थापन पक्षका नेताहरुको हिन्दूत्व प्रेम मात्र हो वा त्यस भित्र अर्को कुनै गम्भिर स्वार्थ लुकेको छ ? हाल मन्त्रि रहेका एक जना नेताको चुनावी अभियानमा पटक पटक देखिएका भारतीय गुप्तचर संस्थाका अधिकारीहरुको कुरा होस वा बिजय चौथाइवाल , राजनाथ सिंह , भगत सिंह कोश्यारी, पुष्कर धामी जस्ता भारतीय जनता पार्टीका नेताहरुको नेपाली नेताका श्रीमतीहरुसंगको साइनो संयोगको भातृ प्रेम मात्र हो ? यस्ता थुप्रै प्रश्नहरु छन जस्ले नेपालमा निकट भविष्यमा निकै ठूलो राजनीतिक दुर्घटनाका संकेत देखिन थालेका छन ।
देशको कुल अर्थतन्त्रको ८२ प्रतिशत माथि भारतीय मूलका ब्यबसायीको कब्जा छ । देशका सवै नीजि वैंकहरु ,विमा कम्पनिहरु, अस्पतालहरु, एक्सपोर्ट इम्पोर्ट ब्यबसाय, देशका ठूला ठूला शैक्षिक संस्थाहरु ,लघुवित्त कम्पनीहरु ,सहकारीहरु देखि बित्तिय लगानी पनि भारतीय मूलका ब्यबसायीको कब्जामा छन । सय जना ब्यबसायीको हातमा मुलुकको अर्थतन्त्र छ ति मध्ये ८७ जना भारतीय मूलका ब्यापारी छन । जस्को सिधा सम्वन्ध मोदीले पछिल्लो समय भारतमा जन्माएका नयां ब्यबसायिक घरानासंग छ । भारतले जति वेला जे चाहे पनि गर्न सक्ने स्थितिमा मुलुक पुगिसकेको सामान्य अध्ययन पनि अहिलेका नेताहरुसंग नहोला भनेर पत्याउन सकिदैन । जस्को प्रमाण हो एकजना दुर्गा प्रसाईंले हल्लाएको गणतन्त्रको दशा ? उनले चलाएको त्यो आन्दोलनवाट यति धेरै डर त्रास नेताहरुमा किन उत्पन्न भयो ? जस्ले गर्दा उनलाइ राजनेता जस्तै नजरवन्द गर्नुपर्ने अवस्था आयो ? प्रचण्ड , देउवा र ओलीहरुसंग यि प्रश्नको जवाफ छ कि छैन ?
भनिन्छ गल्ती गर्ने मान्छे आफ्नो छायां देखेर तर्सिन्छ रे ठीक त्यही अवस्था अहिले नेपाली नेता र दलहरुको छ । सवै कहिं न कहिंवाट परिचालित छन । आफ्नो खुट्टामा कोही पनि उभिएका देखिदैनन । हरेकको नियत र कर्ममा खोट छ । प्रायोजित भएका ठाउंहरुवाट रिमोट कण्ट्रोलवाट मात्र चल्न सक्ने अवस्थामा नेताहरु छन । जुन आस्था र बिश्वासका साथ जनताले ०६२ , ०६३ मा दलहरुलाइ साथ दिएका थिए त्यो सवै समाप्त भइसकेको छ । राजा त जे जस्ता भएपनि भरपर्दा शक्ति हुन तर अहिले मुलुकमा सामान्य सैनिक जर्नेलले शत्ता कब्जामा लिएपनि जनता ताली बजाउने अवस्थामा छन । वेथिति र भ्रष्टाचार यति मौलाएको छ कि जनताले राम्रै बिचार भएका नेताहरुको कुरामा पनि विश्वास गर्न छोडेका छन । अवस्था ठीक दरवार हत्याकाण्डका समयको चरम बितृष्णा जस्तो छ । जस्को पुष्टी दुर्गा प्रसाईंको मंसिर ७ ले गरिदिएको छ ।
तपाईको प्रतिक्रिया