कोप २८ को लागि स्थानीय एजेन्डा संकलन

कोप २८ को लागि स्थानीय एजेन्डा संकलन गर्न प्रदेश वन बाताबरण उधोग मन्त्रालय, युएनडीपीका जलवायु परिवर्तन नीति विज्ञ र युवाहरुको सहभागितामा धनगढीमा कार्यक्रम समपन्न गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२, २०२३ सम्म एक्सपो सिटी, दुबईमा आयोजना हुन गईरहेको छ । संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (UNFCCCI) का पक्षधरराष्ट्रहरूको सहभागितामा २८औँ सम्मेलनमा नेपालको सहभागिता रहने छ । २८औँ सम्मेलनमा जलवायु परिवर्तनका स्थानीय सवालहरु र एजेन्डाहरुमा युवाहरु संग छलफल गर्ने र कोपको लागि सिफारिस गर्ने उद्देस्यले २५ नोभेम्बर २०२३ का दिन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा स्थानीय साझेदार संस्था प्रयास नेपालको अगुवाइमा सुदुरपस्चिमका विभिन्न जिल्लाका ६० जना भन्दा बढी युवाहरु संग जलवायु परिवर्तन र लैंगिक समावेशीकरणको बिषयमा छलफल सम्पन्न भएको छ।
कार्यक्रममा सुदुरपश्चिमका पहाडी जिल्लामा जलवायु परिवर्तनले निकै असर गरेको, विभिन्न जिल्लामा पानीका मुहान सुकेका, बेला बेलामा अतिबृस्टि, अनाबृस्टि भई प्रकोपहरु बृध्दि भईरहेका र कृषि उत्पादन कमि आएको जसका कारण भोकमारी तथा कुपोषण को अवस्थामा बृध्दि भईरहेको, हिमालमा हिंउ कम भईरहेको, भित्रीमधेस क्षेत्रमा बाढी र पहिरोले बढी असर गरिरहेको, तराईमा गर्मि समयमा अत्यधिक गर्मि हुने गरेको, लामखुट्टे लगाएतका किरा फटेंग्रा बृध्दि भएकाले डेंगु लगाएतका विभिन्न रोगहरुको बृध्दि भईरहेको, विभिन्न फलफुलहरुको फल्ने र पाक्ने समयमा परिवर्तन भईरहेको समग्रमा कृषि उत्पादनमा निकै ह्रास आएको कुरा सहभागिले सुनाएका थिए ।
महिला हिंसा बिरुद्धको १६ दिने अभियानको सुरुवाती दिनमा सुरु गरिएको यस कार्यक्रमले सहभागी युवाहरुको जलबायु, प्रकोप र लैंगिक समाबेसिकरण अवधारणाको बारेमा राम्रो र साझा बुझाई बनाउन निकै ठुलो मदत गर्यो । जलवायु परिवर्तनले महिला हिंसा बृध्दि तथा समाबेशी विकास हुन नदिन भूमिका खेलेकोमा साझा मत देखियो । जलवायु परिवर्तनले कृषि, स्वास्थ, बसाईसराई, लगायतका क्षेत्रमा परेको हानी नोक्सानी, नेपालको पर्वतीय क्षेत्र संबेदनशीलता, जलवायु अनुकुलन कार्यक्रम, बिकासमा लैंगिक समाबेशीता युवा र आदिबासी संलग्नता जस्ताकुराहरु यस डायलग कार्यक्रमका मुख्य छलफलका बिषयहरु बनेका थिए ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको नेपाल भ्रमणले मुलुकको जलवायु समस्यालाई विश्वव्यापी रूपमा उजागर गरेको छ । विश्वव्यापी जलवायु संकटले हरितगृह ग्यास (GHG) उत्सर्जन कम गर्न र विश्वव्यापी तापमानमा पूर्वऔद्योगिक स्तरभन्दा १।५ डिग्री सेल्सियसमा वृद्धिलाई सीमित गर्न तत्काल र महत्वाकांक्षी कार्यहरूको सुरुवाती गर्नुखाँचो देखिन्छ ।जलवायु परिवर्तनका लागि छलफल र समाधान खोज्न सन् १९९२ मा संयुक्त राष्ट्रसंघको पहिलो जलवायु सम्झौता भएदेखि हरेक वर्ष सम्मेलन आयोजना हुँदै आएको छ।
प्रयास नेपालको सहजिकरंणमा सम्पन्न यस कार्यक्रममा प्रयास नेपालका अध्दक्ष श्री गोमती उप्रेती जोशी, प्रदेश वन बाताबरण उधोग मन्त्रालय उपसचिव श्री हेम राज बिस्ट, युएनडीपीका सुदुरपस्चिम प्रमुख श्री बैजन्ति गिरि सिंह, जलवायु परिवर्तन नीति विज्ञ श्री राम प्रसाद भट्टराई र जोनी मैनाली लगाएत ब्यक्तित्वहरुको सहभागितामा कार्यक्रम सम्मपन्न भएको थियो ।
तपाईको प्रतिक्रिया