प्रदीप खड्काको बलिउड डेब्यू, कुन फिल्ममा गर्दैछन काम ? 

मंगलबार मङ्सिर १२, २०८०/ Tuesday 11-28-23
Paschim Today

काठमाडौं, १२ मंसिर । नेपाली फिल्म क्षेत्रमा चकलेटी अभिनेताको छवि बनाएका प्रदीप खड्काको बलिउड डेब्यू सुनिश्चित भएको छ । अभिनेता खड्काले ‘ऐरी’ शीर्षकको फिल्ममार्फत बलिउडमा डेब्यू गर्ने भएका छन् ।

सुवास काले, प्रशान्त कुमार गुप्ता तथा राजन कुँवरले निर्माण गर्ने यो फिल्मको मंगलवार मोसन पोस्टर सार्वजनिक गरिएको छ, जहाँ बाघ र अभिनेता खड्कालाई चित्रण गरिएको छ ।

विभिन्न भाषामा प्रदर्शन हुने भनिएको यो फिल्म सन् २०२४ मा प्रदर्शन हुने बताइएको छ । जीवन थापाले निर्देशन गर्ने यो पिःल्ममा कमल बहादुर आले कार्यकारी निर्माताको रुपमा रहेका छन् ।