फिलिपिन्समा लगातार दुई ठूला भूकम्प, एक जनाको मृत्यु
आइतबार मङ्सिर १७, २०८०/ Sunday 12-03-23
Paschim Today

शनिबार राति दक्षिणी फिलिपिन्समा गएको ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । भूकम्पमा दुई जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
शनिबार राति फिलिपिन्समा लगातार दुई ठूलो भूकम्पको झट्का महसुस गरिएको थियो । समाचारमा जनाइएअनुसार फिलिपिन्समा ७.४ र ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
शनिबार राति ७।६ म्याग्निच्युडको पहिलो भूकम्प मापन गरिएको थियो भने त्यसको केही समयपछि ६.४ मापन भएको थियो । भूकम्प लगत्तै सुनामीको चेतावनी दिइए पनि त्यसको खतरा टरेको बताइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले भूकम्पको प्रभावको मूल्याङ्कन गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया