Close This

दुई कार्यकाल वडा सदस्य हुँदै गाउँमा जनताको सेवामा तल्लीन कल्पना

शनिबार फागुन २६, २०८०/ Saturday 03-09-24
Paschim Today

प्रायजसो महिलाहरू सार्वजनिक पदमा पुग्न त्यति सहज हुँदैन,पुगेपनी धेरै प्रकारका चुनौती लाई सामना गर्नुपर्छ । 
पहिलो त घर परिवार बाट समय पाउनुपर्ने,अनि समाजमा स्थापित हुन गारो ।  यस्तै चुनौती लाई सामना गर्दै स्थापित भएको नाम हो कल्पना खड्का  ।उनको त्यो यात्राको सुरुवात भने आमा समुह बाट भयो । उनले त्यो बेला आमा समूहमा सचिवको रूपमा काम गर्ने मौका पाइन । त्यस बाट उनलाई राम्रै ज्ञान प्राप्त भयो र पछि कटासेमा रहेको महिला जागृति सामुदायिक बनको एक कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल सचिव भएर काम गर्ने मौका पाइन । 

यसैबिच उनलाई जनताको सेवा निरन्तर गर्ने रुचि बढ्न थाल्यो । उनले महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दै महिलाका हकहितमा निरन्तर काम गर्न थालिन। यस्तै अवसरका बिचमा २०७४ सालमा स्थानीय तहको निर्वाचन घोषणा भयो त्यो बेला उनी नेकपा (एमाले) को वडा कमिटी अध्यक्ष थिइन् । उनलाई पार्टीले वडा सदस्यको टिकट दियो। 

उनले पनि त्यसलाई अवसरको रूपमा लिइन,र जनताको बिचमा  हिँड्न थालिन । आफ्नो जीवनको लामो समय जनताको बिचमा जनताको सेवामा नै तल्लीन भएकोले उनी जित्नेमा ढुक्क थिइन र नतिजा पनि त्यस्तै आयो ।  वडा अध्यक्षमा खकेन्द्र भण्डारी सहित  एमालेको प्यानल नै विजयी भयो ।

उनलाई ठुलो अवसर प्राप्त भयो उनले अवसर मात्र नभै चुनौती समेत भएको ठानेर निरन्तर जनताको सेवामा आफ्ना पाइलाहरू अगाडि बढाइन् । उनी निरन्तर जनताको सेवामा लागिन् । वडा सदस्य हुनु पुर्ब पनि विभिन्न ठाउँमा काम गर्दै आएकोले उनलाई असजिलो भने भएन । उनले महिलाको हितमा निरन्तर आवाज उठाउने र खबरदारी गर्ने गरिन् । उनले ब्युटी पार्लर सम्बन्धी तालिम,सिलाई कटाइ,बाख्रा पालन जस्ता व्यवसाय महिलाको हितका लागी सञ्चालनमा ल्याइन यस्ता कार्यक्रमहरू ल्याउँदा आफ्नै पार्टीको वडा अध्यक्ष हुँदा धेरै सहज भएको उनले बताइन् । 

यस्तै कामहरू गर्दै उनको कार्यकाल सकियो र पुनः २०७९ मा स्थानीय तहको निर्वाचन घोषणा भयो । उनको पार्टीले राम्रो काम गरेकोले वडा अध्यक्षमा पहिलेकै वडा अध्यक्ष र महिला सदस्यमा फेरि उनीलाई नै मौका दियो । उनलाई दोस्रो पटक चुनाव सामना गर्दा आफ्ना पहिले गरेका काम र निरन्तर जनताको सेवा गरेकोले जित्नेमा ढुक्क थिइन् र वडा अध्यक्षमा पुरानै वडा अध्यक्ष र सदस्यमा पुनः उनी दोहोरिइन । 
उनलाई यो कार्यकाल सुखद हुनेमा विश्वास छ । पहिलो कार्यकालमा राम्रो अनुभव भएकोले यो कार्यकाल अझै राम्रो गर्नेतर्फ उनको ध्यान छ। उनी नेकपा ( एमाले) को जिल्ला कमिटी सदस्य छन् । आगामी चाहानाको बारेमा सोध्दा यो त्यो हुनुपर्छ भन्ने भन्दा पनी कुनै न कुनै ठाउँबाट जनताको सेवा गर्ने इच्छा भएको बताउँछिन् । 

उनको आफूलाई यो स्थानमा ल्याउन आफ्नो प्रत्येक पाइलामा साथ दिने श्रीमान् भएकोले उहाँ लगायत परिवारलाई आभार प्रकट गर्दै आफू लाई सफल वडा सदस्य बनाउन सहयोग गर्ने वडा अध्यक्ष खकेन्द्र भण्डारी लाई समेत सम्झँदै दुई कार्यकाल निर्वाचनमा अनुमोदन गराउने जनता लाई समेत धन्यवाद व्यक्त गरेकी छन्।