Close This

जोरायल महोत्सव हुँदै, मूल समिति गठन

सोमबार फागुन २८, २०८०/ Monday 03-11-24
Paschim Today

कैलाली । डोटीको जोरायलमा आगामी  चैत २८ देखि वैशाख २ सम्म दोस्रो जोरायल सांस्कृतिक महोत्सव हुने भएको छ । जोरायलको युनिक यूथ स्पोर्ट्स क्लबले गत चैत २८ देखि वैशाख सम्म पहिलो जोरायल सांस्कृतिक महोत्सव गर्न लागेको हो  । जोरायल क्षेत्रको मौलिक कला र सांस्कृतिक प्रचार प्रसार संरक्षण तथा  संवर्द्धन गर्ने उद्देश्य ले सांस्कृतिक महोत्सव गर्न थालेको क्लबका अध्यक्ष पवन कुमार साहुले बताएका छन् ।

महोत्सव सञ्चालन सम्बन्धी छलफल गर्न आज बोलाएको सरोकार बालाको बैठकले यस वर्ष पनि गत वर्ष जस्तै महोत्सवको दोस्रो संस्करण आयोजना गर्ने निर्णय गरेको छ ।महोत्सव सफल बनाउन  क्लबका अध्यक्ष पवन साहुको संयोजकत्वमा १९ सदस्यीय महोत्सव मूल आयोजक समिति र ८ ओटा उप समिति समेत गठन गरिएको छ ।