Close This

योग्यताको आधारमा त्रिविको शिक्षाध्यक्ष र रजिष्ट्रार नियुक्ति गरिँदै

मंगलबार चैत ६, २०८०/ Tuesday 03-19-24
Paschim Today

काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा योग्यताको आधारमा नियुक्ति हुने भएको छ। त्रिभुवन विश्वविद्यालयले यसका लागि आज सार्वजनिक सूचना जारी गरि ७ दिनभित्र बायोडाटा उपलब्ध गराउन भनेको छ।

त्रिविका अनुसार त्रिवि ऐन २०४९ को परिच्छेद १९ (१) बमोजिम शिक्षाध्यक्ष पद र सोही ऐनको परिच्छेद २०(१) बमोजिम रजिस्ट्रार पदमा कार्य गर्न चाहने इच्छुक प्राध्यापकहरूले बायोडाटा पठाउन सक्ने छन्।  

‘हाल यस त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा क्रमशः त्रिवि ऐन २०४९ को परिच्छेद १९ (१) बमोजिम शिक्षाध्यक्ष पद र सोही ऐनको परिच्छेद २०९१० बमोजिम रजिस्ट्रार पदमा कार्य गर्न चाहने इच्छुक प्राध्यापकहरूलाई यो सूचना प्रकाशित भएको मिति बाट सात दिन भित्र आफ्नो बायोडाटा त्रिवि
उपकुलपतिको ईमेल ठेगाना [email protected] मा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु,’सूचनामा उल्लेख छ। प्राडा केशरजंग बराल त्रिविको उपकुलपतिमा नियुक्त भइसकेपछि उनले रेक्टर, रजिस्ट्रार र भिसी एकेडेमिक र व्यवस्थापकीय र प्रशासकीय क्षमताका आधारमा नियुक्ति गर्नुपर्ने पनि बताएका थिए।