Close This

सुनको मूल्य स्थिर

बुधबार बैशाख ५, २०८१/ Wednesday 04-17-24
Paschim Today

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासङ्घका अनुसार मंगलबारको तुलनामा स्थिर कायम भएर सुन किनबेच भइरहेको जनाएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यद्यपि हिजो मंगलबार भने छापावाल सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले मंगलबारको तुलनामा तोलामा ३५ रुपैयाँ घटेको जनाएको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १७१५ रुपैयाँ कायम छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १७५० रुपैयाँ थियो ।