Close This

यस साताको सेयरबजारस् ५३.१६ अङ्कले घट्यो सेयरबजार

शुक्रबार बैशाख ७, २०८१/ Friday 04-19-24
Paschim Today

काठमाडौं । यो साताको चार दिन मात्रै सेयर कारोबार भएको छ । चार दिनमा १० अर्ब ५ करोडको कारोबार हुँदा नेप्से परिसूचकमा भने ५३।१६ अङ्कको गिरावट भएको छ ।  साताको पहिलो दिन आइतबार बजार खुल्दा २०२५.३० विन्दुमा रहेको नेप्से परिसूचक बिहीबार १९७२.१४ विन्दुमा बन्द भएको हो । यो साता बजारमा ५३.१६ अङ्कको गिरावट सँगै सेयर कारोबारमा पनि गिरावट भएको छ ।

चार दिनमा कुल १० अर्ब ५ करोड ७९ लाख ८० हजार ३ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ । जस अनुसार औसतमा हेर्दा दैनिक करिब दुई अर्ब ५१ करोड ४४ लाख बराबरको कारोबार भएको हो । यो साताको चार दिनसम्मै बजारमा गिरावट भएको थियो । उपसूचकतर्फ हेर्दा यो साता बैंकिङ उपसूचक २१।४८ अङ्कले घटेको छ । यसैगरी विकास बैंक उपसूचक १०३।५७ अङ्कले घटेको छ । हाइड्रोपावर उपसूचकमा पनि यो साता ७५।१२ अङ्कले घटेको छ । फाइनान्स उपसूचक पनि ३९।२२ अङ्कले घटेको छ ।

आइतबार बजार खुल्दाको कुल पुँजीकरण ३२ खर्ब १२ अर्ब रुपैयाँ रहेकोमा बिहीबार बजार बन्द हुँदा कुल बजार पुँजीकरण बढेर ३१ खर्ब २७ अर्ब पुगेको छ । अर्थात यो साता समग्र लगानीकर्ताको सम्पत्तिमा ८४ अर्ब ९३ करोड रुपैयाँले गिरावट भएको छ ।