Close This

नेपाल हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै

शनिबार बैशाख ८, २०८१/ Saturday 04-20-24
Paschim Today

काठमाडौँ, वैशाख ८ गते । एसीसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोज्नुभएको हो ।

एसिया कप छनोटबाट बाहिरिएको नेपालले हङकङलाई हराएमा एसीसी इमर्जिङ एशिया कपमा छनोट हुनेछ । इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र अफगानिस्तान ‘ए’ टोलीको सहभागिता रहनेछ ।

नेपालको एसिया कप खेल्न सपना संयुक्त अरव इमिरेट्स (युएई) ले चकनाचुर बनाएको थियो । शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । हङकङ पनि घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएपछि एसिया कपबाट बाहिरिएको थियो ।

यस प्रतियोगितामा नेपाल र हङकङ समूह चरणमा भिडिसकेका छन् । नेपालले समूह चरणको खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।