Close This

धनगढीबाट अबैध सामानसहित गोदावरीकी एक महिला अटोसहित पक्राउ

आइतबार बैशाख ९, २०८१/ Sunday 04-21-24
Paschim Today

धनगढीः कैलालीको धनगढी र जानकीबाट प्रहरीले अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र भन्सार चोकबाट, धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली, गोदावरी नगरपालिका–३ चौकीडाँडा र कैलारी गाउँपालिका–३ हुलाकी रोडबाट अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

दुई लाख ४९ हजार २८५ मुल्यको प्याज, सुर्ती, पान मसला, नरिवल, जिरा, धनीया, बिडी, सरफ, चाट मसला, पास्ता, अचार मसला लगायतका सामान शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो। त्यस्तै धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पनि एक लाख २५ हजार २६० मुल्यको ३५० किलोग्राम प्याज र एक थान अटोसहित गोदावरी नगरपालिका–३ की ४० वर्षीया जयन्ती ऐरलाई शनिबार अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ।

त्यस्तै जानकी गाउँपालिका–४ मनुवाबाट पनि ४ लाख ९२ हजार मुल्यको २४० किलोग्राम धानको बिउसहित बिउबोकेको एक थान अटो शनिबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ।