Close This

कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

आइतबार बैशाख ९, २०८१/ Sunday 04-21-24
Paschim Today

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट लागूऔषध २६ थान फेनारगन र २६ थान बुप्रेनोरफिनसहित दुई जना पक्राउ परेका हुन्।

भीमदत्त नगरपालिका–४ का २० वर्षीय चक्र सुनारसहित दुई जनालाई शनिबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई भारतबाट नेपाल आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।