Close This

उच्चतहमै सुनचाँदीको भाउ

आइतबार बैशाख ९, २०८१/ Sunday 04-21-24
Paschim Today

काठमाडौँ । नेपाली बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहदै शुक्रबारकै १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको १७ सय २० मा कारोबार भएको थियो ।