Close This

स्नातक तहको ४ वर्षे कार्यक्रमलाई ०८२ असारभित्रै ३ वर्षमा झार्ने त्रिविको तयारी

आइतबार बैशाख ९, २०८१/ Sunday 04-21-24
Paschim Today

काठमाडौं, ९ वैशाख । त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा।डा। केशरजंग बरालले त्रिविको समग्र सुधार कार्ययोजना (२०८० फागुन देखि २०८४ माघसम्म) को कार्य योजना सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको कार्ययोजनामध्ये हाल मौजुदा स्नातक तहको ४ वर्षे कार्यक्रमलाई ३ वर्षमा झार्ने उल्लेख छ ।

उनले स्नातक तहलाई ३ वर्षमा झार्ने र एक वर्ष थप पाठ्यक्रम भार थपेर स्नातक तहलाई अनर्स डिग्री वनाउनको लागि पाठ्यक्रम तयार गर्ने उनको कार्ययोजना रहेको छ । पहिलो वर्ष २०८२ असारभित्रै स्नातक तहको ३ वर्षे कोर्शलाई एक वर्षमा झार्ने उपकूलपति प्रा।डा। बरालको कार्ययोजना छ ।