Close This

फिल्म 'रावायण' को छायांकन सुरू

सोमबार बैशाख १०, २०८१/ Monday 04-22-24
Paschim Today

काठमाडौं । फिल्म ‘रावायण’ को छायांकन सोमबारदेखि सुरू गरिएको छ। निर्देशक सुदर्शन थापाले आफ्नो महत्वकांक्षी यस प्रोजेक्टको जनकपुरको जानकी मन्दिरबाट छायांकन थालेका हुन्। फिल्मका मुख्य कलाकार अभिनेत्री पूजा शर्मा, अभिनेताहरू पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितिमा क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो। 

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्माता सुदर्शन र पूजा  हुन्।  फिल्ममा पल, पूजा र प्रमोदसंगै प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायत कलाकारहरूको अभिनय रहनेछ। शिवम अधिकारीको लेखन रहेको फिल्मलाई सौरभ लामाले छायांकन गर्नेछन्। 

विक्रम स्वाँर र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहने फिल्ममा समिर मियाको भीएफएक्स रहनेछ।  फिल्म वितरण उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ।डी कम्पनीले गर्नेछ। फिल्म तीजको अवसर पारेर भदौ २१ गतेदेखि प्रदर्शनमा आउने छ।