Close This

शेयर बजार फेरि घट्यो, दुई अर्बमा समेटियो कारोबार

सोमबार बैशाख १०, २०८१/ Monday 04-22-24
Paschim Today

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन देखिएको छ । हिजो दोहोरो अंकले बढेको बजार आज दोहारो अंकले नै ओरालो झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.४१ अंकले घटेको हो । ०.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६९.०२ अंकमा ओर्लिएको छ ।

आज म्यूचुअल फण्डबाहेक अरु राताम्मे भएका छन् । म्यूचुअल फण्ड ०.०५ प्रतिशतले बढ्दा सबैभन्दा बढी वित्त समूह २.१० प्रतिशतले घटेको हो ।  ३२० कम्पनीका ५६ लाख ५६ हजार २ सय ८२ कित्ता शेयर किनेबेच हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५.१९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

समग्रमा बजार घटे पनि पिपिल्स पावरका लगानीकर्ताले सबैभन्दा बढी ६.९१ प्रतिशतले नाफा कमाएका छन् ।  त्यस्तै दोल्ती पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ७।३७ प्रतिशतले घाटा व्यहोरेका छन् ।  गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड ५४ लाख ७९ हजार ३ सय ४७।२० रुपियाँ बराबरको कारोबार भएको छ । 

साताको पहिलो दिन हिजो आइतबार १२।२९ अंकले बजार बढ्दा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६.८९ रुपियाँ बराबरको कारोबार भएको थियो । भोलि मंगलबार सरकारले कतारका राजाको भ्रमणका अवसरमा सार्वजनिक बिदा दिए पछि शेयर बजार बन्द रहने छ ।