Close This

बेङ्गलुरुका कप्तानलाई १२ लाख भारु र पन्जाबका कप्तानलाई 'म्याच फी' को ५० प्रतिशत जरिबाना

सोमबार बैशाख १०, २०८१/ Monday 04-22-24
Paschim Today

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुका कप्तान फाफ डु प्लेसिस र पन्जाब किङ्ग्सका कप्तान साम करनलाई जरिबाना भएको छ । आईपीएलको आचारसंहिता उल्लङ्घन गरेपछि बेङ्गलुरु र पन्जाबका कप्तान कारबाहीमा परेका हुन् ।

गए राति कोलकाता नाइट रायडर्ससँग ‘स्लो ओभर–रेट’ अर्थात ढिलो गरी खेलेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले बेङ्गलुरुका कप्तान फाफ डु प्लेसिसलाई १२ लाख भारु जरिबाना तिराएको हो ।

इडेन गार्डेन्समा भएको यो खेलमा बेङ्गलुरु कोलकातासँग १ रनले पराजित भएको थियो । कोलकाता ७ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने १ खेल बढी खेलेको बेङ्गलुरु २ अङ्कसहित पुछारमा छ । यसअघि बीसीसीआईले ‘स्लो ओभर–रेट’ मा गुजरात टाइटन्सका कप्तान शुभमन गिल, दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई जरिबाना गरिसकेको छ ।

यस्तै बीसीसीआईले पन्जाबका कप्तान साम करनलाई गुजरात टाइटन्ससँगको खेलमा अम्पायरको निर्णयमा असहमति जनाएको भन्दै ‘म्याच फी’ को ५० प्रतिशत जरिबाना जरिबाना गरेको छ ।

यो खेलमा पन्जाब गुजरातसँग ३ विकेटले पराजित भएको थियो । गुजरात ८ खेलमा ८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने पन्जाब उति नै खेलमा ४ अङ्कसहित नवौँ स्थानमा छ ।