Close This

धनगढीका दुई किशोर लागूऔषधसहित पक्राउ

मंगलबार बैशाख ११, २०८१/ Tuesday 04-23-24
Paschim Today

धनगढीः कैलालीको धनगढीका दुई किशोर लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ पटरीघाटबाट ५ ग्राम ४३० मिलिग्राम अबैंध लागूऔषध ९खैरो हेरोईन०सहित धनगढी उपमहानगरपालिका–८ बस्ने १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका–३ बस्ने १८ वर्षीय किशोर गरि दुई जनालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी उनीहरुले प्रयोग गरेको मोटरसाईकल १ थान र उक्त पदार्थसहित दुबैलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।