मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु
मंगलबार बैशाख ११, २०८१/ Tuesday 04-23-24
Paschim Today
काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ ।
नौसेनाको तालिमका क्रममा मंगलबार बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।
यी हेलिकप्टरले रोयल मलेसियन नौसेना परेडका लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरमा रहेका सबै १० जनाको ज्यान गएको खबरमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया