Close This

प्रदीप, आना र दिव्याको फिल्म 'एक्टर' को शुभमुहूर्त

मंगलबार बैशाख ११, २०८१/ Tuesday 04-23-24
Paschim Today

काठमाडौं ।  फिल्म 'एक्टर' को शुभमुहूर्त गरिएको छ। मंगलबार ललितपुरको भैंसीपाटीस्थित कार्यविनायक मन्दिर परिषरमा वैद्दिक विधिअनुसार पूजापाठ गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो। 

राजन भुसालको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव पाण्डे, सुशील सिटौलालगायत कलाकारहरूको अभिनय रहनेछ। प्रदीप र आनाले फिल्ममा पहिलोपटक सहकार्य गर्न लागेका हुन्।

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यही फिल्ममार्फत डेब्यू गर्न लागेकी छन्। त्यस्तै, अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले यो फिल्मबाट कमब्याक गर्दैछन्।  फिल्मको निर्माता थमन कुमार भण्डारी हुन्। अदृत फिल्मस र मोती फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको 'एक्टर' लाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन्।

वैशाख ३० गतेदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म लक्ष्मी पूजाको अवसर पारेर कात्तिक १५ गते प्रदर्शनमा ल्याइने निर्माण टिमले जनाएको छ।